
सिन्धुली । नेकपा एमाले केन्द्रीय सदस्य एवम पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश कुमार पहाडीले एमाले सँग एक्लै लड्न भिड्न नसकेका कारण सबै अवसरवादी हरुले अप्राकृतिक गठबन्धन गरेका बताएका छन्।
नेकपा एमाले मरिण गाउँ कमिटीको चौथो पूर्ण बैठकलाइ सम्बोधन गर्दै पहाडीले आइतबार सो कुरा बताएका हुन।
पहाडीले जुनसुकै मूल्य चुकाएर भएपनि स्थानीय तहको चुनाव एमालेले जित्नु पर्ने बताए ।उनले भने ‘निती र नेतृत्व दुबै सही भएको कारण जनताको विश्वास र भरोसा एमाले प्रति बढ्दै गएको छ। देशभर एमालेको लहर थेगी साध्य छैन, हामीले आंकलन गरेको भन्दा अत्याधिक बहुमतले विजय हुने छौँ।’
राष्ट्र र राष्ट्रियताको पक्षमा लड्ने पहरेदा र विकासको मुल फुटाउने एमाले मात्रै रहेको पहाडीले जिकिर गरे। उनले थपे, एमाले प्रतिको जनलहर देखेर अप्राकृतिक गठबन्धन गरेका हुन्। त्यसैले सबै प्रतिक्रियावादीहरु एक भएर आएपनि हामी सँग लड्न सक्दैनन् किनकी हामीसँग जनता छन्। जनताको साथ छ।।