सिन्धुलीका कांग्रेस सभापतिले मेयर पद सुरक्षित गर्न खोज्दा…



कांग्रेस सभापति उपेन्द्र पोखरेलले कमलामाई नगरपालिकामा आफ्नो मेयर पद सुरक्षित गर्न खोज्दा सिन्धुली जिल्लाको कांग्रेस नेता पत्तिमा हल्लखल्ल मच्चिएको छ ।

माओवादी सँगै गठबन्धन गर्ने बारे भएको छलफलमा कांग्रेस सभापति पोखरेलले कमलामाई नगरपालिका नेपाली कांग्रेसले पाउने गरि दुधौली र सुनकोशी गाउँपालिका माओवादीलाई दिन प्रस्ताव गरेका छन् । गत स्थानीय तहको निर्वाचनको मतलाई विश्लेषण गर्ने हो भने कांग्रेसले कमलामाई लिनु भन्दा दुधौली र सुनकोशी लिनु नै उपयुक्त देखिन्छ । तर ति पालिकाहरुमा कांग्रेस सभापति अनुकुल उमेदबारहरु नभएकाले पोखरेलले आफै उमेदबार सिफारिस भएको कमलामाई रोजेका हुन । उनि पाटी सभापति समेत भएकाले टिकट आफैले ल्याउने सम्भावना सहित कमलामाई नगरपालिका कांग्रेसको कोटामा राखेर गठबन्धनमा छलफल गरेका छन् ।
उनलाई कमलामाईमा टिकटका सम्भावित दावेदार दिपक घिमिरे र माढिक ढकालले पनि साथ दिएको बुझिएको छ । तर कांग्रेस भित्रका अन्य नेता कार्यकर्ता भने पार्टी सभापति र उपसभापतिले आफ्नो पद हेरेर गठबन्धन्धको छलफल अगाडि बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कमलामाई नगरको टिकटका लागि सिफारिस भएका घिमिरे कांग्रेस सिन्धुलीका उप सभापति हुन ।

कमलामाई नगरमा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धि बनेका कांग्रेसका बर्तमान सभापति पोखरेल एमाले उमेदबार संग २७६४ मतले पराजित भएका थिए । अहिले माओवादीको मतको साथमा पाँच वर्ष अगाडिको हारलाई उल्टाउन पोखरेल पुन उमेदबार हुन चाहेका छन् । तर एमाले र माओवादी पार्टी एकता र छुट्टिने क्रममा कमलामाई नगरमा थुप्रै माओवादी नेताहरु एमालेमै बसेकाले माओवादी थप कमजोर भएको छ । यस्तो अवस्थामा माओवादीले ल्याएको पाँच वर्ष अगाडिको ४ हजार २ सय मत सबै कांग्रेसलाई आउने सम्भावना छैन । अझ त्यो चुनावमा माओवादी नेता हरिबोल गजुरेलले आफ्नै श्रीमतीलाई उमेदबार बनाएर आफ्नो सम्भावित चुनावि क्षेत्रको भोट संरक्षणका लागि निकै ठूलो कसरत गर्दाको बाबजुद माओवादीले चार हजार भन्दा केहि बढि भोट पाएकोमा अहिले माओवादीबाट उमेदबार नै नहुने अवस्था आयो भने कांग्रेसले अघिल्लो चुनावमा हार बेहोरेको फरक मत माओवादीबाट पाउन मुस्किल हुने देखिन्छ । नगरमा १ वडा मात्र जितेको मओवादीको प्रभाव निकै कम भएका कारण कार्यकर्ताहरु एमाले र कांग्रेस प्रवेश गरिसकेका छन् । त्यस्तोमा माओवादीबाट कांग्रेसले खासै भोट पाउन सक्ने देखिदैन । अघिल्लो निर्वाचनमा कांग्रेस आफैले जितेका वडा नं. ४, ५ र ६ बाट समेत मेयरमा भने पोखरेललाई कम मत आएको थियो । यसको अर्थ कांग्रेस भित्रको अन्र्तघात प्रष्ट भएको थियो । यो पटक झन पोखरेल माथि बढि अन्र्तघात हुन सक्छ । जिल्ला सभापतिको निर्वाचनमा पोखरेल र पार्टीका अन्य नेता विचको दुरीले पोखरेललाई हुने अन्र्तरघातको सहज अनुमान गर्न सउकिन्छ । पोखरेलको ठाउँमा अन्य उमेदबार हुदा पनि अन्र्तघात नहुने भन्ने होइन । कांग्रेस भित्र कमलामाईमा अन्र्तघातको सम्भावना व्यापक नै देखिन्छ । यस्तो अवस्थामा ७०० मतले हारेको दुधौली नगरपालिका र २२१ मतले हारेको सुनकोशी गाउँपालिका माओवादीलाई दिन तयार हुनु आफैमा हास्यास्पद विषय हो । दुधौलीमा कांग्रेस भित्रकै अन्र्तघात र सुनकोशीमा माओवादीको प्रभाव रहेको वडा नंं ५ को एउटा मतदान केन्द्रमा अन्तिममा रहेको बाँकी मत बुथ कब्जा गरेर हालेका कारण मात्र कांग्रेसले हार बेहोनुर्् परेको थियो ।

दुधौली र सुनकोशी दुवै स्थानका सम्भावित प्रमुख उपप्रमुखका दावेदारहरुले पालिका माओवादीलाई दिन नहुने मत जाहेर गरेका छन् । तर पाटि सभापति पोखरेल आफूलाई कमलामाई मेयर बनाउन माओवादी तयार भए माओवादीले मागे जति वडा नै दिन तयार भईसकेको भन्दै कांग्रेस भित्रबाटै सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष समेत रहेका पत्रकार श्यामहरि अधिकारीले बुधबार बेलुका मओवादीले माग गरेका वडाहरु भन्दै ९ वटा पालिकाबाट ५२ वटा वडाहरुको सूचि सार्वजनिक गरेका थिए । जसमा माओवादीले मेयर कांग्रेसलाई र उपमेयर समाजबादी छाड्न तयार भएको कमलामाई नगरका ९ वटा वडाहरु माग गरिएको देखिएको छ । माओवादीले कमलामाईमा वडा नं. २ मा मात्रै जित हासिल गरेको थियो भने वडा नं. १० र १२ मा दोस्रो मत प्राप्त गरेको थियो त्यो पनि एमाले उमेदबारको भन्दा ३ सय भन्दा कम । त्यसैले माओवादीले कमलामाई नगरमा बढिमा जितेको र दोस्रो भएको वडा पाउदा जम्मा ३ वटा वडा मात्र पाउन सक्छ तर पोखरेलाई मेयर बनाउने भन्ने नाममा ९ वटा दावि गर्नु र त्यो मध्य कम्तीमा पाँच वटा दिनु पनि कांग्रेसका लागि घातक सावित हुने छ । अझ माओवादीले ७, ११ जस्ता एमाले अन्त्यन्तै बलियो भएका गठबन्धन सबैको मत मिलाउदा पनि जित्न नसकने वडा चै कांग्रेसलाई छाडेको त्यो लिष्टमा माओवादी पकड भएका मरिण र हरिहरपुर गढी गाउँपालिकाका कुनैपनि वडा कांग्रेलाई नछाड्ने गरि दावि गरिएको छ ।

पालिकाहरुमा कांग्रेसले ५ र माओवादीले ४ वटा लिने भनिएपनि कांग्रेसलाई त्यसले पनि घाटा हुने कांग्रेस नेताहरु बताईरहेका छन् । पाँच वटा हैन कांग्रेसले बामपन्थीको फूटको असरबाट फाईदा उठाएर ७ वटा पालिका प्रमुख उप प्रमुख सहित बहुमत वडा जित्न सक्ने भन्दै प्रमुख लिने पाँच पालिकाको उपप्रमुख पनि अन्य दललाई दिनु पर्ने र प्रमुख नभएका चारमा उप प्रमुख लिने गरि गरिने सहमतिले भविष्यमा पालिकाको गतिविधि सञ्चालनमा समस्या हुने भन्दै यस्तो आत्माघाती गठबन्धन कांग्रेसले गर्न नहुने भनेर व्यापक विरोध भईरहेको छ ।

तर सभापति पोखरेल आफू कमलामाई मेयर बन्न जिल्ला भरि कांग्रेसको अथित्व संकटमा पारेर गठबन्धन गर्न माओवादी संग निरन्तर छलफलमा छन् । केन्द्रले सहमति गर्न नसकेको अवस्थामा मित्रवत प्रतिस्पर्धा गर्न सक्ने निर्णय भएपनि कांग्रेस सभापति र उपसभाति भने आफ्नो पदका लागि गठबन्धन गर्न निरन्तर प्रयासरत रहेका छन् यसले कांग्रेस नेता कार्यकर्तामा भने तिब्र असन्तुष्टि र आक्रोस पैदा गरेको छ । कतिपय कांग्रेस नेताहरुले आफ्नो पालिका माओवादीलाई जिम्मा लगाए विद्रोह गर्ने, वडा जिम्मा लगाएर स्वतन्त्र उमेदबार उठाउने लगायतका धम्कीपूर्ण पोष्टहरु सामाजिक सञ्जालमा गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२