मरिण गाउँपालिकामा उत्साहपुर्वक रुपमा नेकपा(एमाले)द्धारा उमेदवारी दर्ता



सिन्धुली। स्थानीय तह निर्वाचन २०७९ का लागी नेकपा(एमाले) सिन्धुली मरिण गाउँपालिकाकाले आज उत्सापुर्वक रुपमा उमेदवारी दर्ता गरेको छ ।

मरिण गाउँपालिकाको केन्द्र कपिलाकोटमा रहेको निर्वाचन कार्यालयमा बाजागाजा सहित हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थितीमा नेकपा(एमाले)ले गाउँपालिकाको अध्यक्षमा उमेदवारी दर्ता गरेको हो ।

उक्त उमेदवारी दर्ता कार्यक्रम पछि सम्पनन् कोणसभालाई नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश कुमार पहाडी, केन्द्रिय सदस्य मनोजजंग थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

अध्यक्षको उमेदवारी आज दर्ता गरेको छ भने उपाध्यक्ष सहित अन्य वडाहरुको उमेदवारी दर्ता सोमबार हुने जनाइएको छ । नेकपा(एमाले)ले सर्वसम्बत रुपमा पुराना स्थापित नेता गोबिन्दलाल माझीलाई अध्यक्षको उमेदवार बनाए पछि मरिण गाउँपालिकामा नेकपा(एमाले)को चुनाबि माहोल बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स