विगतमा गरेका राम्रा कामको जगमा मत माग्दै, फिक्कलका पार्वती र राजु



पाँच वर्ष अघि २०७४ साल जेठमा नेकपा एमालेका उम्मेदबार धनबहादुर कार्की र पार्वति सुनुवार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुदा फिक्कल गाउँपालिका राष्ट्रिय प्रसारण लाईनको विजुली नपुगेको सिन्धुली जिल्लाको एक मात्र गाउँपालिका थियो । त्यो बेला उपाध्यक्षमा चुनाव जितेकी पार्वति सुनुवार हिजो आज फिक्कलका जनता विच हामीले विगतको पाँच वर्षमा वडा–वडामा विजुली पु¥याउने लगायतका दर्जनौ काम गरेउ भन्दै फेहरिस्ता सुनाउदै यो पटक अध्यक्ष पदमा जिताउन भोट मागिरहेको अवस्थामा भेटिन्छीन । त्यो बेला उपाध्यक्ष जितेकी पार्वति मात्र होइन वडा नं. ५ सोल्पाठानाको वडा अध्यक्ष जितेका राजु बराल अहिले आफूले वडामा विगत पाँच वर्षमा गरेका एकसय जति कामको लामो लिष्ट बोकेर यो पटक गाउँपालिका उपाध्यक्ष जिताउनुस ‘विकासको सोल्पा मोडल’ गाउँपालिका भरि नै लागु हुन्छ भन्दै मत माग्न व्यस्त देखिन्छन् ।


पार्वति र राजु विगतमा आफूले गरेका कामको जगमा चुनाव जित्ने अभियानमा छन् । चुनावमा एमालेका यि उम्मेदवारले प्रतिबद्धता पत्र बनाएर पालिकामा आगामी पाँच वर्षमा के के गर्ने भन्ने प्रष्ट उल्लेख गरेका छन् । प्रतिबद्धता पत्रको बाचालाई विश्वास गर्ने आधारको रुपमा उनिहरु विगतमा आफूहरुले इमान्दारिता पूर्वक गरेका कामहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्छन् । विगतमा के के काम भए त ? जवाफमा अध्यक्षकी उम्मेदवार सुनुवार करिव १५ मिनेट नरोकि पाँच वर्षका कामहरु बताउछिन्– पछिल्लो पाँच वर्षमा बिद्यालयहरुमा दरबन्दी व्यवस्थापन, कम्युटर ल्याब, बिज्ञान प्रयोगशाला, ई पुस्तकालय, कप्युटर शिक्षकको ब्यबस्थापन, पाँच वटा वडा कार्यालयको प्रशासनिक भवन निर्माण, पालिका भित्रका सम्पुर्ण सरकारी कार्यलयमा इन्टनेटको पहुँच विस्तार, पालिकालाई राष्ट्रिय प्रशारणको बिद्युत सेवामा जोड्ने र विद्युत बिस्तार हुन बाँकी सम्पुर्ण बस्तीमा विद्युत सेवा पु¥याउन ४० करोडको टेन्डर मार्फत काम सुरु गराउने कार्य, दुईवटा एम्बुलेन्स खरिद, सुत्केरी महिला र ८० बर्स भन्दा माथीका जेष्ठनागरीक लाई पालिका भरी निःशुल्का र बहिर लैजान परे ५०% छुटको व्यवस्था, १५ शैयाको अस्पताल निर्माणाधिन रहेको, वडा नं. ३ मा होम स्टेको निर्माण, सबै वडाहरुमा बर्थिङ सेन्टरको निर्माण, तरकारी पकेट, किवि पकेट, बख्रा पकेट, आलु पकेट, फल्फुल पकेट क्षेत्र अन्र्तगत कृषि तथा पशुपंक्षी व्यबसाय प्रबद्र्धन, सबै वडामा सडक सन्जाल बिस्तार तथा स्तरोउन्नती, बस्तीहरुमा सामुदायिक स्वास्थ केन्द्र स्थापना, गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधिन अबस्थामा, वडा नं. ४ र ६ को निर्माणधिन बाहेक सबै स्वास्थ चौकीहरु निर्माण सम्पन्न, फिक्कल पर्यटन क्षेत्रको गुरुयोजना (डिपिआर) सम्पन्न, भुकम्प पछिको ९८ प्रतिसत पुनर्निर्माण सम्पन्न गरिएका लगायतका दर्जनौ कामहरु उनले सुनाईन ।


पालिका अध्यक्षको उम्मेदवार बनेकी सुनुवारले यसो भनिरहदा वडा अध्यक्षका उम्मेदबार राजु बराल केहि टिपोट गर्दै थिए । अध्यक्ष पछि उपाध्यक्षलाई सोधियो उपाध्यक्षमा उम्मेदबारी किन ? जनताले तपाईलाई किन भोट दिने ? बरालको जवाफ पनि अध्यक्षको जस्तै थियो विगतलाई हेरेर हामी काम गर्न सक्छौ, काम गरेर देखाएका छौ त्यसैले हामीलाई भोट दिने । त्यसो भए के के भए त तपाईको वडामा ? सुनुवारले जस्तै बरालले पनि नरोकि भने म वडा अध्यक्ष भएर जादा वडाको कार्यालय भवन नै थिएन । मैले वडा कार्यलयको प्रसासनिक भवन निर्माणमा जोड दिए, स्वास्थ्य चौकी भवन निर्माण गरे । म वडा अध्यक्ष भएको ५ नं. वडा सोल्पाठानामा प्रहरी चौकी भवन पनि निर्माण गराइयो, वडामा ६३ किलोमिटर सडक निर्माण तथा स्तरोउन्नति गर्ने कार्य सम्पन्न भयो, पहिलो पटक गाउँपालिका आईपु्गेको राष्ट्रिय प्रशारणको विद्युत सेवालाई वडा नं. ५ को ३ सय घरधुरीमा पु¥याउने काम भयो, उद्दब स्मृती पार्क निर्माण सम्पन्न भयो, डा्रँडा गाउँ फलफुल बगैँचा निर्माण सम्पन्न भयो, वडामा इन्टरनेट सेवा बिस्तार भयो, पानीको अभाव भोगेका जनताको लागि ४ वटा लिफ्ट सिचाई आयोजना निर्माण सम्पन्न भए, वडाको कालिका नि मा वि जाङ्जाङको विद्यालय भवन निर्माण सम्पन्न भयो र अहिले फिक्कल माबि सोल्पाको २४ कोठे भवन एडिबी सहयोगमा निर्माणाधिन अवस्थामा छ, बटुलीटारमा फूटवल मैदान निर्माण भयो, वडालाई आँप, बाख्रा र तरकारीको पकेट क्षेत्र घोषणा गरेर कृषिलाई प्राथमिकतामा राखेर काम भईरहेको छ । कृषि उपज केन्द्र निर्माण गरिएको छ । बरालले क्रमश भन्दै गए । बरालले विगत पाँच वर्षमा गरेका कामको विवरण सुनाउदा लाग्थ्यो विकास आखिर यत्तिनै त हो नि ! तर होइन वडामा बसेर गरेका यि काम केहिपनि होइनन् । यो भन्दा धेरै गर्न बाँकी छ त्यसैले म पालिका अध्यक्ष बन्न चाहन्थे र मैले पार्टीमा आफूले वडामा बसेर गरेका कामको आधारमा पालिका अध्यक्षको टिकट दिनु पर्छ भनेर दावि गरेको थिए । तर पार्टीले मलाई उपाध्यक्ष बनाउन चाह्यो । मैले वडा अध्यक्ष हुदा नै धेरै काम गर्न सकिन्छ भनेर उदाहरण दिएको छु । त्यसैले पालिका उपाध्यक्ष भएपछि यो भन्दा धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास छ । वास्तवमा एउटा वडामा पाँच वर्षको अवधिमा वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन, प्रहरी चौकी स्थापना, विद्यालयको भवन निर्माण, सिंचाईका लागि लिफ्ट, ६३ किलोमिटर धुले सडक निर्माण, विजुलि नै नपुगेको पालिकाको वडाका ३ सय घरधुरीलाई विद्युत सेवा मनोरन्जनका लागि फुलवारी र पार्क, सञ्चारका लागि ईन्टरनेट, वास्तवमा विकास भनेको यहि त हो नि ! अब कच्ची सडकहरु कालोपत्रे गर्ने, शिक्षाको गुणस्तरमा सुधार गर्ने, खानेपानीको उचित प्रबन्ध गर्ने, कृषि प्रणालिलाई थप व्यवस्थित बनाउदै गरिवीको अन्त्य गर्ने बरालका योजना छ । भन्छन् राजनीति मार्फत समाजसेवामा लागियो अब राजनितिबाट नै केहि राम्रो गरेर उदाहरणिय बन्ने सोच छ । बराल ‘विकासको सोल्पा मोडल’ले उसै उदाहरणिय बनिसकेका छन् । फिक्कलका जनताले उनलाई उपाध्यक्ष जिताएर सोल्पाका जनताले जस्तो लाभ पूरै गाउँपालिकाले लिने अवसर बाट चुक्न हुदैन भन्ने सबैको मत रहेको पाईन्छ ।

बरालले विगतमा वडामा बसेर गरेका कामको मुल्याङ्कन गरेर नै पाटिले उनलाई वडा अध्यक्षबाट सिदै अध्यक्षका लागि प्रदेशमा टिकट सिफारिस गरि पठाएको थियो । प्रदेशले पनि बरालको कामको कदर गर्दै उनलाई उपाध्यक्ष बनाउने निर्णय ग¥यो । अध्यक्ष दावी गरेका बरालले अध्यक्षको टिकट नपाएपछि बाहिरिनु पर्ने हो तर पार्टीले उनको क्षमताको मूल्याङ्कन गरेर उनलाई जनप्रतिनिधबाट हटाउन चाहेन र उपाध्यक्षको टिकट दियो ।


एक कार्यकाल जनप्रतिनिधि भएकाहरु दोस्रो कार्यकाल फेरि निर्वाचनमा सहभागि भईरहदा उनिहरुले आफूले विगतमा गरेका कामहरुको जगमा पुन मत माग्न सक्ने आधार निर्माण गर्नु नै जनप्रतिधिको असल नियत हो । जुन फिक्कलका जनप्रतिनिधले गरेको देखिन्छ । पार्वती र राजु मात्र होइन फिक्कलका एमालेका ६ वटै वडाका अध्यक्ष पदका उम्मेदबारहरु अहिले पालिकाले र आफूले जितेका वडाका राम्रा काम देखाएर मत मागि रहेका छन् । उपाध्यक्षका उम्मेदबार राजु बरालले पाँच वर्ष वडा अध्यक्ष चलाएको सोल्पाठानामा अहिले एमाले बाट उम्मेदबार बनेका बैकुण्ठालाल पाहाडीले आफ्नो प्रतिबद्धता पत्रमै विगतमा एमाले नेतृत्वका जनप्रतिनिधि टिमले गरेका राम्रा कामको सूचि राखेका छन् । निर्माणधिन र चालु अवस्थामा रहेका तिनै योजनालाई प्राथमिकतामा राख्ने र थप नयाँ काम गर्ने योजना पहाडीको छ ।


विगतमा आफूले गरेका कामको जगमा पार्वति र राजु छाति खोलेर जनता सँग हामीलाई जिताउनुस् हामी गरेर देखाउने मान्छे हो भनिरहेका छन् । वास्तवमा जनताले खोजेको उम्मेदबार पावर्तती र राजु जस्तै जनता सँग उच्च मनोवलका साथ मत माग्ने हैसियत बनाएको हुनु पर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका