हेडसरको छोरालाई गाउँपालिकाको अनुदान



घोषणा गरेको माध्यमिक शिक्षा निःशुल्क गर्न नसकेको अवस्थामा गोलन्जोर गाउँपालिकाले राजनीतिक आस्थाका आधारमा आफू निकट नेपाल शिक्षक युनियनका अध्यक्ष लेखबहादुर बस्नेतका छोरालाई उच्च शिक्षा अध्ययन गर्न १ लाख अनुदान दिएको खुलेको छ ।

पालिका भित्र सयौ गरिव दलित जेहेन्दार विद्यार्थीहरु आर्थिक अभावका कारण विद्यालय छोड्न वाध्य भईरहेको अवस्था रहेपनि पालिकाले दिने अनुदान भने हेडसरका छोराले पाएका छन् । वस्नेत पालिका कै जनता मा.वि. खनियाखर्कका प्रधानाध्यापक हुन ।

शिक्षा सुधारका लागि बेला बखतमा सरकारी सेवा सुविधा लिने शिक्षक कर्मचारीका सन्तान अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने बहस चल्ने गरेको छ तर, शिक्षक बस्नेतले छोरा संजिव बस्नेत भने निजि विद्यालयमा पढेर सरकारी अनुदान पाउने भाग्यमानी बनेका छन् ।

बुवाआमा दुबै शिक्षक रहेको र राजनीतिक विचार वडा अध्यक्ष देखि गाउँपालिका अध्यक्ष सँग मिलेका कारण नै उनलाई यो अवसर मिलेको हो भन्नेमा दुईमत छैन । आफू माध्यमिक विद्यालयको हेडमास्टर, शिक्षक यूनियन सिन्धुलीको पूर्व अध्यक्ष, शिक्षक महासंघ सिन्धुलीकै नेतृत्व गरेको जिल्लाको चल्ती फिर्तिको अगुवा, आर्थिक रुपले सम्पन्न भएर पनि बस्नेतले छोरालाई स्नातक पढाउनका लागि गाउँपालिकाबाट अनुदान लिन हिच्कीचाएनन् । उनको आर्थिक अवस्था सवल थियो भन्ने कुरा उनले छोरालाई विगतमा नेपालकै महंगो मध्येको एक काठमाण्डौंको सेन्ट जेभियर्स कलेज काठमाण्डौमा पढाएको पुष्टि हुन्छ ।

अनुदान बस्नेतले मात्रै लिएका छैनन । आर्थिक बर्ष २०७८/०७९ को शिक्षक विद्यार्थी प्रोत्साहन शिर्षकमा अन्य चार जनाले अनुदान पाएका छन् । अनुदान पाउने सबै नेपाली कांग्रेस निकटका हुन । गाउँपालिकाले २०७८ माघ २७ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार शिक्षक बस्नेतका छोरा सहित अन्य चार जना कांग्रेस निकट कार्यकर्ताहरुका छोरा छोरीलाई प्रोत्साहन रकम वितरण गरेको हो ।

यसले व्यापक विकृति र गाउँपालिकाको रकमको दुरुपयोग देखाउछ । छोरालाई अनुदान दिएकै कारण बस्नेत अहिले गाउँपालिका अध्यक्ष पुष्प कार्कीको चुनाव प्रचार प्रसामा व्यस्त छन् । सरकारी शिक्षक भएर नेपाल सरकारको तलव खाने बस्नेत अहिले छोरालाई १ लाख अनुदान दिएर गुन लगाउने गाउँपालिका अध्यक्षका उम्मेदबार पुष्प कार्कीको चुनाव प्रचार प्रसामा व्यस्त छन् । उनको सामाजिक सञ्जाल देखि सम्पूर्ण गतिविधिहरु कांग्रेसको प्रचारले भरिएको पाईन्छ । पहुँचमा पुगेपछि सेवा सुविधा र लाभ आफैले लिने, गरिवका नाममा आएको रकम र छुट सहुलियतमा पनि आँखा गाड्ने वस्नेत जस्तै पार्टी भक्तहरुको कारण अहिले राजनीतिक दलहरु प्रति जनताको विश्वास टुट्दै जान थालेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका