
सिन्धुली । नेकपा एमालेका नेता एवम् गोलन्जोर गाउँपालिका अध्यक्षका उम्मेरदवार शंकर राज बरालले पाँच बर्षमा आफ्नो वडा कार्यालय सामान्य बाख्राको खोर जस्तो पनि बनाउन नसक्ने उम्मेरदवार लाई किन? भोट दिए जिताएर पठाउने बताए ।
चुनावी अभियानको क्रममा गोलन्जोर गाउँपालिका -२ वितिजोरको बगैचामा भएको कार्यक्रम लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।
नेपाली कांग्रेसबाट वितिजोरमा निर्वाचित वडा अध्यक्षमा दौलत कार्कीले पाँच बर्षको कार्यकालमा एउटा जनताको सेवा प्रवाह हुने वडा कार्यालय समेत बनाउन असक्षम भएको बताए।उनले भने, ”यो वडा कार्यालय भन्दा त सामन्य किसानको बाख्राको खोर सफा र ब्यबस्थित हुन्छ। यो वडा कार्यालय त्यहि खोर जस्तो पनि छैन्।” अब नेकपा एमालेका उम्मेदवारहरु लाई जिताएर देखाउनुस् मेरो नेतृत्वमा विकास के हो? भन्ने कुरा वितीजोरका जनता लाई प्रत्याभुती दिलाउले छौँ ।
गोलन्जोर गाउँपालिकामा पुष्प कार्की र दौलत कार्कीको खुलेआमा गरेका ज्यादती र भ्रष्टचार लाई निष्तेज बनाउनको लागि पनि यसपटक एमालेलाई मत दिएर जिताउन आग्रह समेत गरे।