गफ हैन काम गरेर जनताको मन जित्छुः बराल



सिन्धुली । गोलन्जोर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार शंकर राज बरालले ठुला ठुला गफ गरेर नभई जनताको बिचमा काम गरेर मन जित्ने बताएका छन् ।

चुनावी अभियानमा घरदैलोको लागि गोलन्जोर -४ तीनकन्या पुगेका सो कुरा बताएका हुन्। उनले २०७४ सालमा एमाले पराजित भएपनि यस पटक एमालेको जीत पक्का भएको उनले बताए ।

एमालेले गोलन्जोरबासीको आधारभूत आवश्यकताहरुको सम्बोधन गर्दै खानेपानी, शिक्षा लगायतका क्षेत्रमा उल्लेख काम गरेको र अझै यसलाई अगाडि बढाउन घोषणापत्रमा नै उल्लेख गरेर अगाडि बढेकाले सबै जनताले एमाले नै रोजिरहेको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि कार्यालयमा नभेटिने, जनताको फोन नउठाउने, सामान्य जनाताको पहुँचमा नरहने फटाहाहरु फेरी चुनाव आएपछी गाला चिल्लो बनाउँदै ठुलाठुला गफ दिएर चन्द्रमामा नै पुल हाल्दिन्छु झैं गरेर हिँडेका छन् । अब जनताले यस्ता गफ नपत्याउन समेत बरालले आग्रह गरे ।

गोलन्जोरलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताए ।उनले अहिले एमालेको विरुद्धमा उत्रिएको गठबन्धन नभई बिलखबन्धनमा भएको बताए । जीन्दगीभर पार्टी बनाएर चुनावमा भने आफ्नै चिन्हमा भोट हाल्न नपाएर अहिले गठबन्धनका कार्यकर्ता रोइरहेको पनि उनले बताए ।

यस्तै उपमेयर पदका उमेदवार ममता देवकोटाले बिजयी भएपछि भौतिक बिकास सँगसँगै स्वास्थ्य, शिक्षा, कृषिलगाउयतका क्षेत्रमा पनि कार्यक्रम संचालन गरीने बताइन्। वैदेशिक रोजगारीलाई न्यूनीकरण, महिला सशक्तीकरणपनि आफुहरुको मुल एजेन्डा भएको देवकोटाको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स