पाँच बर्षे कार्यकाल सकिँदा पनि बन्न सकेन ‘प्रशासनिक भवन’



सिन्धुली । सिन्धुलीका अधिकांश स्थानीय तहहरु आफ्नै प्रशासनिक भवन निर्माण गरेर सेवा सुचारु गरेका छन्। तर ,गोलन्जोर गाउँपालिकामा जनप्रतिनिधिले प्रशासनिक भवन निर्माण नगरी पाँच वर्षे कार्यकाल गुजारेका छन् ।

नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष पुष्प कार्की र उपाध्यक्ष गंगादेवी श्रेष्ठले आफ्नै प्रशासनिक भवन समेत निर्माण नगरी पाँच वर्षे कार्यकाल भाडाको घर प्रयोग गरेरै बिताएका हुन् ।

गाउँपालिका भवन निर्माणको लागि गोलन्जोर गाउँपालिका -३ ग्वाल्टारका स्थानीय समाजसेवी ख्याम बहादुर कार्कीले निःशुल्क जग्गा दान दिएको भएपनि,जनप्रतिनिधिले अहिलेसम्म पालिकाको आफ्नै पक्की संरचना बनाउन सकेका छैनन् ।

प्रशासकीय भवन बनाउन नसकेको गोन्जोर गाउँपालिकाले एक स्थानीयको घर भाडामा लिएर पाँच वर्षे कार्यकाल गुजारेको छ। गाउँपालिकाले हालः मासिक ९७ हजार ७ सय पचास रुपैयाँ भाडा तिर्दै आएको छ। बार्षिक ११ लाख ७३ हजार भाडा तिरेको छ भने,पाँच बर्षमा ५८ लाख ६५ हजार घर भाडामा मात्रै खर्च गरेको देखिन्छ ।

पूर्वाधारका हिसाबले गाउँको सिंहदरवार मानिएको स्थानीय तहको आफ्नै प्रशासकिय भवन नहुँदा गोलन्जोर गाउँपालिकाको हरिविजोग भएको छ भने एक महिनाको अवधिमा लाखौं भन्दा माथि रकम भाडामै खर्च हुने गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि आफ्नो पालिका पूर्वाधारले सम्पन्न बनाउन समेत संवेदनशिल नभएको यसैबाट प्रमाणित भएको छ ।
पाँच वर्षसम्म पालिकाको एउटा प्रशासनिक भवन निर्माण गर्न नसक्नु जनप्रतिनिधि हरुको निकै लज्जास्पद विषय हो।

गाउँपालिकाका अध्यक्ष हुँदा पालिका भवन समेत व्यवस्थित नगरी आफ्नो पाँच वर्षे कार्यकाल गुजारेका पुष्प कार्की पुनः कार्याकाल दोहोर्याउन चुनावी मैदानमा छन्।
पाँच बर्षको कार्यकाल भरी आलोचनाको पात्र बनेका कार्कीले कुनै ठोस काम देखिदैन। देखिन्छ त, व्यतिथी र नितीगत भ्रष्टचार र अनियमितता प्रसस्त मात्र उनको नेतृत्वबाट स्वयम कांग्रेसीहरु समेत सन्तुष्ट छैनन्।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको लापरवार्हीका कारण प्रशासनिक भवन बन्न नसकेको व्यतिथी र अराजकता बढेको स्थानीयको गुनासो रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स