गोलन्जोरको विकास बाहेक मेरो अरु लक्ष्य छैनः शंकर राज बराल



सिन्धुली । स्थानीय तहको निर्वाचन सङ्घारमा आएको छ । राजनितिक दलहरू आफ्ना एजेण्डा बोकेर मतदाताको समक्ष पुगिरहेका छन् ।

सिन्धुलीका अन्य पालिका भन्दा गोलन्जोर गाउँपालिका मुख्य दल एमाले र कांग्रेस माओवादीकाे गठबन्धनले विशेष महत्व दिएका छन् ।

एमालेबाट गोलन्जोर गाउँपालिकाको अध्यक्षको उम्मेदवार शंकर राज बराललाई अगाडि सारेको छ । अध्यक्षका उम्मेदवार बराल अहिले जनताको घरदैलोमा आफ्ना एजेण्डा बोकेर पुगिरहेका छन्।

आज गोलन्जोर गाउँपालिका-५ मा गाउँपालिका अध्यक्षका उम्मेदवार शंकर राज बराल,उपाध्यक्ष उम्मेदवार ममता देवकोटा सहित सम्बन्धित वडाका उम्मेदवारहरूको घरदैलो कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार बरालले आफ्नो मुख्य एजेण्डा गोलन्जोरको समग्र विकास भएको बताएका छन् ।

‘गोलन्जोर गाउँपालिकामा विभिन्न समस्या छन्, यहाँका समस्या बारे म जानकार छु, समग्र समस्याको समाधान र गोलन्जोरको विकास नै मेरो मुल लक्ष्य हो।’ अध्यक्ष उम्मेदवार बरालले भने– यस कारण यहाँका तमाम मतदाताले सूर्य चिन्हमा मत दिएर मलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास छ।

‘गोलन्जोर व्यतिथिको बरेमा अहिले पनि म जानकार छु, जनताले देखेका छन्, व्यतिथी अन्त्य र दिगो विकासको लागि मेरो विषेश भुमिका रहने छ।’ त्यसैले एमाले मात्रै होइन हरेक पार्टीका विकास चाहने मतदाताको रोजाईमा म पर्छु भन्ने विश्वास छ ।

त्यति मात्र हैन, गोलन्जोरको विकासको आधार जुनार र कृषि क्षेत्रमा हो । कृषिमा अनुदानको व्यवस्था ,उत्पादन वृद्धि र बजारीकरणमा आफु निर्वाचित भए योजना बद्ध रुपमा लाग्ने बरालले बताए।

सुन्दर विकासशील गोलन्जोर , साँच्चै नमूना गोलन्जोर बनाउने सपना आफ्नो भएकाले हरेक मतदाताले मतदान गर्नपूर्व सोचेर सूर्यमा भोट हाल्ने आफ्नो विश्वास रहेको उम्मेदवार बराल बताउँछन्। ‘मलाई विश्वास छ, एक पटक गोलन्जोरको विकासका लागि यहाँका हरेक मतदाताले सुर्य चिन्हमा मतदान गरि आफूलाई विजय गराउने छन्। मेरो जित भनेको मेरो मात्र जित होइन, एमालेको मात्रै जित होइन यहाँका सबै मतदाताको जित हो ,गोलन्जोरको जित हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स