
नेकपा एमाले सिन्धुलीका सचिव नारायण बरालले वर्तमान सत्ता गठबन्धन कोदो र तोरीको मिश्रण भएको बताएका छन् ।
एमाले गोलन्जोर गाउँपालिका-५ रतनचुरामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
उनले भने,‘ कोदो र तोरी बाहिरी आकार रङ्ग उस्तै देखिन्छ तर कोदो र तोरी एकै ठाउँमा मिसाएर पेल्दा न तेल निस्किन्छ न पिठो निस्किन्छ ।’ हो अहिले त्यसैले कांग्रेस र माओवादीको गठबन्धन कोदो र तोरीको मिश्रण जस्तै छ।
गठबन्धन भागबन्डा गरेर सरकारी ढुकुटी सिध्यानका लागि बनेको हो। यो गठबन्धनसँग जनताका लागि यी यी काम गर्छौ हामीसँग यस्ता योजना छन् भन्ने कुरा केही पनि छैन।
गोलन्जोर गाउँपालिका मात्रै नभएर देशको नै दिगो विकास र आर्थिक समृद्धी गर्नै खाका एमाले सँग मात्रै छ। जनाताको आशा भरोसा एमाले प्रति छ । एमालेको उम्मेदवारमा रहेको उनको भनाई छ । त्यसैले नेकपा एमालेका उम्मेदवारहरु लाई सूर्यमा मतदान गरेर विजय गराउनु आग्रह गरे।