
नेकपा एमालेले बाट गोलन्जोर गाउँपालिका -५ मा वडाध्यक्षको उम्मेदवार बनेका गोविन्द बहादुर लुङ्गेलीले आफ्नो ३१ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
नेकपा एमालेको आइतबार रतनचुरामा भएको चुनावी सभामा लुङ्गेलीले ३१ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
प्रतिवद्धतापत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य,कृषि र पर्यटन सहित सबै विषय समेटिएको छ ।
यस्तो छ प्रतिवद्धताः
१. साविक रतनचुरा-६ मा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिने छ।
२. रतनचुराको हायू वस्तीलाई एकिकृत वस्ती निर्माण गरि हायु जातिको कला संस्कृतिको संरक्षण हुनेगरि संरचना निर्माण गरिने छ ३ वर्थिङ सेन्टर निर्माण गरिने छ ।
४. साविक वडा न ७ ८ ९ वडालाई सुविधा पुग्ने गरि स्वास्थ्यचौकी बताईने छ ।
५ दुध संकलन तथा आधुनिक चिस्यान केन्द्र निर्माण गरिने छ ।
६. तरकारी फलफूल तथा पशुपालन व्यवसायलाई स्वारोजगारीसँग जोडिने छ ।
७. अनिवार्य स्वास्थ्य विमामा जोड दिइने छ ।
८. चियाबारी-खुर्कोट सुरुङमार्ग बन्ने सम्भावना भएकाले यस वडा लाई पर्यटकीय स्थल तथा होम स्टेको अवधारणा बनाई अघि बढिने छ ।
९. २६ देखि वडा कार्यालय भवन हुदै नयाँखर्क भक्तिराम सम्म जाने बाटोको स्तरोन्नती गराइनेछ । १०० सीपमुलक तथा व्यवसायिक शिक्षामा जोड दिइने छ ।
११. भूकम्प प्रभावित भएको तर पुनः निर्माणमा छुट भएका घर धुरीहरुलाई विशेष प्राथामिकताका साथ अगाडी बढाइने छ।
१२. वडाभित्र विद्युतबाट बन्चित परिवारलाई एक वर्षभित्र विद्युत सेवा पुयाइने छ ।
१३. क्रीखोला, सिमसिम खोला, घट्टेखोला बाट लिफ्ट प्रविधि अपनाई यार्थाशिघ्र सिचाई तथा खानेपानी सुविधाको व्यवस्थापन गरिने छ ।
१४. वडाको ग्रामिण सडकको ड्रेन तथा ग्राबलिङ साथै स्तरोन्नती गरिने छ ।
१५ बडामा कम्तीमा १ थान एम्बुलेन्सको व्यवस्था गरिने छ, जेष्ठ नागरिक सुत्केरी र असायलाई निःशुल्क सेवा उपलब्ध गराइने छ ।
१६. कृषि पर्यटन प्रवृद्धनको लागि जुनार खेती विस्तार गर्न ५० प्रतिशत अनुदानमा विरुवा व्यवस्था गरिने छ ।
१७. व्याक्टोसेरा मिन्याक्स (जुनारमा लाग्ने किरा नियन्त्रण गर्न ५० प्रतिशत अनुदानको व्यवस्था गरिने छ ।
१८. व्यवसायिक मौसमि-बेमौसमि तरकारी खेती प्रर्वद्धनको लागि विषेश योजना निर्माण गरिनेछ ।
१९. कृषि, महिला र बचत ऋऋण सहकशीलाई व्यवस्थति गरि संचालन गर्ने व्यवस्थामिलाईने छ ।
२०. सिपमूलक तथा व्यवसायमुलक रोजगारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने व्यवस्था मिलाईने छ ।
२१. जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता गाउँ घरमै वितरण गर्ने व्यवस्था मिलाईने छ ।
२२. स्थानीय स्रोत साधन संकलन र जडीबुटी संकलन प्रशोधन उद्योग स्थापना र रोजगारी सृजना गर्ने व्यवस्था मिलाईने छ ।
२३. झ्यालम थुम्कालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न साइकल जोनको स्तरोउन्नती गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने छ ।
२४. गोलन्जोर डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सिडि मर्मत सम्भार तथा खानेपानी, विजुली सुविधा व्यवस्थापन गर्दै जगरबोटे डाँडालाई पनि जोडिने छ ।
२५. भिमसेन डांडा (हिलेपोखरी) क्षेत्रलाई रिङरोड निर्माण गरि पर्यटकीय पिकनिक स्पोटको रुपमा विकास गरिने छ ।
२६. वडाका विभिन्न स्थानमा आवस्यकता अनुसार व्यवस्थित कृषि बजार निर्माण गरिने छ ।
२७. वडाका विभिन्न सार्वजनिक स्थलमा आपतकालिन हेलिप्याड निर्माण गरिने छ ।
२८. सोलाभञ्ज्याङमा व्यवस्थित संरचना निर्माण गरि व्यवसायिक गतिविधि प्रबंद्धन गरिने छ ।
२९. नयाँखर्क जगरबोटेमा मनोरञ्जनात्मक पार्क लगायतका पर्यटकीय संरचना निर्माण गरिने छ ।
३०. भूमेथान मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने छ ।
३१. वडाका तीन स्थानमा १ हजार क्षमताको आपतकालिन हल निर्माण गरिने छ ।