मतदाता शिक्षामा वाक्क भए गठबन्धनका उम्मेदवार



गठबन्धन गरेर चुनाव लडेका कांग्रेस र माओवादीका वडा अध्यक्षका उम्मेदवारहरु मत क्रस गर्न मतदातालाई सिकाउदा सिकाउदै हैरान भएका छन् । मत पत्रको नमुना पनि गठबन्धन विरोधी ढंगले कांग्रेसको दायाँ पटि र माओवादीको बायाँ पटि आएपछि एउटा उम्मेदवारलाई मत हाल्न वल्ला छेउ र अर्कोलाई मत हाल्न पल्ला छेउ पुग्नु पर्दा मतदाता होइन दलकै नेता र उम्मेदवार नै झुक्कीने गरेका छन् । जसले गर्दा घर दैलो सहित मतदाता शिक्षा लिएर गाउँ घर गएका गठबन्धनका उम्मेदवारहरु वाक्क दिक्क हुन थालेका छन् ।
एमालेका नेता कार्यकर्ता देखि उम्मेवार सम्मले आठ सूर्य सात छाप भनेर खुलेर मत मागि रहदा कांग्रेस माओवादी भने एक भोट हसिाया हथौडामा एक भोट रुखमा अनि अर्को भोट कता भनेर घुमाउरो मतदाता शिक्षा दिन वाध्य छन् । गठबन्धन दलले अधिकांश वडामा एकल उम्मेवारी दर्ता गराएको भएपनि सिन्धुली जिल्लाका ९ वटै स्थानीय तहमा प्रमुख र उप प्रमुख मध्य एक पदमा भने गठबन्धन भएको छ । त्यसैले कम्तीमा एउटा चिन्हमा मत क्रस गर्न सिकाउनै पर्ने हुन्छ ।


नमुना मतपत्र प्राप्त हुनु अगाडि नै गठबन्धन दलहरुले कतिपय स्थानमा सूर्य मुनि रुख र त्यसपछि हसिया हथौडा भएको नमुना मत पत्रमा मत हाल्न सिकाएका थिए तर सिन्धुली जिल्लाको मतपत्रमा रुख अर्को पट्टि भएको नमुना आयो । त्यसपछि पुन सहि नमुनामा मत हाल्न सिकाउन थाले । दोहोरो झन्झट यहिनिर प¥यो ।


वडामा पनि सदस्य, दलित महिला सदस्य, महिला सदस्य लगायतमा गठबन्धन गरेका कतिपय वडाहरुमा त अहिले कुनै भोट रुखमा कुनै हसिया हथौडामा हाल्न सिकाउनु पर्ने छ । आफूलाई माओवादीको थप भोट आउने आसमा माओवादीको हसिया हथौडामा पनि भोट हाल्न सिकाएका नेपाली कांग्रेसका उम्मेदवारहरु अहिले भोट क्रस गर्न सिकाउदा रुखमै हाल्ने भोट समेत बदर हुने भयले त्रसित छन् । बरु आफ्नै भोटले चुनाव जितिन्थ्यो होला । माओवादीको भोटको आशमा कांग्रेसलाई पनि हसिया हथौडामा भोट हाल्न सिकाउदा कांग्रेसको भोट नै रद्ध हुने खतरा बढ्यो ।

कमलामाई नगरपालिका ४ का एक कांग्रेस नेताले बताए । वडा नं. ४ मा वडा अध्यक्ष सहित मेयर र वडा सदस्यमा ४ भोट रुखमा र उप मेयर सहित दुई वडा सदस्यको मत हसिया हथौडामा भोट हाल्नु पर्ने छ । यसरी भोट हाल्न मतदाताले पटक पटक यता र उता गरि राख्नु पर्छ त्यसो गर्दा माथिको अक्षर पढेर हाल्न नसक्ने मतदाताले मत हाल्न नै नसक्ने देखिन्छ ।


धेरै दिन मत क्रस गर्न सिकाए पनि आफ्नै पाटीको मतले जितेको कांग्रेस यतिवेला भोट क्रम गर्न लगाउदा विग्रने मतले नै चुनाव हारिने हो कि भन्ने चिन्तामा छ । कमलामाई नगरको ४ नं. वडामा जस्तै क्रस मत हाल्नुपर्ने वडा नं. ८, ११ लगायतका वडाहरुमा पनि छ । ति स्थानमा मत क्रस गर्न सिकाईएको त छ तर त्यो प्रभावकारी हुन नसक्ने भय उम्मेदवारलाई कायमै छ ।

त्यसैले मतदानको अन्तिम घडिमा आफ्ना मतदातालाइ सबै भोट आफ्नै चिन्हमा हाल्न लगाउनुको विकल्प देखिदैन भन्छन् गठबन्धन दलकै नेता कार्यकर्ताहरु । पालिका स्तरमा पनि कुनै पालिकामा रुखमा प्रमुख र हालेर हसिया हथौडामा उप प्रमुख हाल्न सिकाउनु पर्ने छ त कुनैमा हसिया हथौडामा प्रमुख हालेर रुखमा उप प्रमुख हाल्न सिकाउने पर्ने छ । मत पत्रमा वल्ला छेउ र पल्ला छेउमा मत हाल्दा झुक्किएर कुन कोठामा मत हालिने हो टुङ्गो नभएकाले गठबन्धन गरेर पनि दलहरुलाई सन्चो हुन सकेको छैन ।


कतिपय उम्मेदबार भने निर्वाचनको अन्तिम घडिमा सबै भोट आफ्नै चिन्हमा हाल्न सिकाए मात्र मत प्राप्त गर्न सकिने निष्कर्षमा पुगि सकेका छन् । यसो भन्नेमा धेरै भोट आफ्नै भएको कांग्रेस उम्मेदवारहरु छन् । उनिहरु सातै छाप रुखमा लगाउन सजिलो तरिका सिकाउनुको विकल्प नभएको बताउछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका