गोलन्जोरमा सत्ता दुरुपयोगको प्रयासमा कांग्रेस



चुनाव हार्ने स्थिति देखापरेपछि आत्तिएको नेपाली कांग्रेस गोलन्जोरले सत्ता दुरुपयोगका लागि हारगुहार गरेको छ । सोमबार खनियाखर्कमा एमालेले आक्रमण गर्न खोजेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिएर एमालेका नेता कार्यकर्तालाई झुठा मुद्धा लगाई चुनाव जित्ने प्रपञ्चका साथ आफै निहुँ खोज्ने र आफै उजुरी दिने काम गरेको गोलन्जोर एमालेका नेताहरुले बताएका छन् ।
सोमबार संयूक्त गठबन्धनको तर्फबाट खनियाखर्कमा भएको चुनावि सभामा बाटो नै अबरुद्ध गरेर भोज भतेर खाने लगायतका काम गरिहरेका नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले मोटरसाईकलमा चुनावि काममा ओहोर दोहोर गरिरहेका एमालेका चुनाव प्रचार प्रसारका टोलिहरुलाई अबरोध गरेका थिए ।

अबरोध गरेर एमालेका कार्यकर्ताहरुलाई झडपमा उक्साए पनि वडा नं. ५ खनियाखर्कका एमाले युवा नेता शंकर लुङ्गेलिले चुनावी माहोल आफ्नो पक्षमा निर्माण भईरहेकाले विपक्षिले उक्साउदैमा झडप गर्न नहुने भन्दै संयम्ता अपनाएर गठबन्धनका नेता कार्यकर्ताहरुलाई सुरक्षित खनियाखर्कबाट जाने बातावरण निर्माण गरेका थिए । झडपको बाहाना बनाएर खनियाखर्कबाट एमालेको चुनावि अभियान हाकिरहेका शसक्त कार्यकर्ताहरुलाई आफ्नो मुठ्ठिमा रहेको सत्ताको दुरुपयोग गरि सार्वजनिक मुद्धा लगाएर थुनाउने प्रयास गरेका कांग्रेसीहरुले झडप नै हुन नपाए पनि सभा विथोल्न खोजेको आरोप लगाएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एमालेका गोलन्जोर ५ नं. वडा अध्यक्ष उम्मेदवारका छोरा शंकर लुङ्गेलिलाई कारवाही माग गर्दैै निवेदन दिएका छन् ।
निवेदनमा सर्वसाधारणलाई ज्यानै लिने गतिविधि गरेको, शरिर बन्धक बनाइएको उल्लेख गरिएको छ । तर ज्यानै लिने गरि कसलाई आक्रमण गरेको हो ? एमालेको आक्रमणबाट को घाइते भएको हो ? कसलाई क्षति पुगेका हो ? कसको सवारी साधान वा कांग्रेसको सभामा के कति क्षति पुगेको हो त्यो भने उल्लेख छैन । अझ रमाईलो विषय त के छ भने शरिर बन्धक बनाइएको भनिएको छ । तर कसको शरिर बन्धक बनाईएको उल्लेख .छैन । यस्तो बतासे निवेदन सिडिओकोमा पेश गरेर गठबन्धनले एमालेका कार्यकर्तालाई अनावश्यक दुःख दिने र चुनावको मुखमा थुनाएर गाउँ कब्जा गर्ने नियत राखेको प्रष्ट देखिन्छ । एमाले वडा अध्यक्षका उम्मेदबार लुङ्गेलिका छोरा शंकर विगतमा एमाले युवासंघमा निकै नै शक्रिय र चुनावि मामलामा प्रखर मानिन्छन् । अहिले उनको सक्रियतामा गोलन्जोर गाउँपालिकामा एमालेले ५ वटा वडा सहित चुनाव जित्ने लगभग निश्चित भएपछि उनलाई नथुनाई चुनाव जितिन्न भन्ने निष्कर्ष सहित खनियाखर्कमा एमाले कार्यकर्तालाई विच्काउने र शंकरलाई थुन्ने पूर्व नियोजित षणयन्त्र सहित कांग्रेसहरुले चुनावि कार्यक्रममा हिडेका एमाले कार्यकर्ताहरुको मोटरसाईकल रोक्न प्रयास गरेर विच्काएका थिए । तर तिनै लुङ्गेलिको सक्रियतामा कांग्रेस संग झडप टरेको भएपनि खनियाखर्कबाट हिनेपछि उनिहरुले सिडिओलाई निवेदन दिएको एमालेको आरोप छ ।
यस अघि पनि दुधौली नगरपालिका २ मा एमाले कार्यकर्ता माथि आक्रमण गरेर विच्काए पछि भएको झडपमा दुवै तर्फको गल्ती भएपनि सत्ताको दुरुपयोग गर्दै एमाले कार्यकर्तालाई मात्र थुनेर चुनाव प्रभावित पार्न खोजेका गठबन्धन दलहरुले गोलन्जोरमा पनि चुनाव हार्ने स्थिति आएपछि दुधौलीमा जस्तै एमालेका लडाकु र चुनावि कार्यकर्तालाई थुनाउन प्रपञ्च रचेको तर दुधौलीबाट पाठ सिकेर आफूहरुले झडप हुन नदिएको एमाले नेता शंकर लुङ्गेलिले बताउनु भयो । झडप र कुनै घटना नै नभएपनि विना घटनाको उजुरी सिडिओकोमा गरेर विशेषत कांग्रेसले गोलन्जोरमा पराजय स्वीकार गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका