गोलन्जोरमा अझै भ्रष्टचार खप्ने की नेतृत्व फेर्ने ?



पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर सुनकोशीमा ¥याफटिङ सञ्चालन गर्ने, पालिका भित्र साईकल जोन बनाउने, पालिकाको नाममा रहेको गोलन्जोर डाँडोमा भ्यूटावर सहित प्रमुख पर्यटकीय स्थल बनाउने भनेर घोषणा गरेर पालिकाले सोही अनुसार बजोट विनियोजन ग¥यो पनि ।

यो पाँच वर्षमा पालिकाले गौरवका यि तीन आयोजनामा करिव १५ करोड रकम खर्च ग¥यो तर गोलन्जोर गाउँपालिका क्षेत्रमा न त सुनकोशीमा ¥याफ्टीङ चल्यो, न साईकल जोनको नाम निशाना छ १५ करोड मध्यको काम गरेर ठेकेदार कम्पनी तामाङ मरिण कन्ट्रक्सनलाई भुक्तानी गरेको ७२ लाख ४७ हजार ६ सय ७७ रुपैया खर्चमा गोलन्जोर डाँडामा एउटा भ्यूटावर ठडिएको छ । त्यो पनि पालिका अध्यक्षले चुनाव जितेपछि भने जस्तो न त गौरवको आयोजना बन्न सकेको छ न त त्यसको लागतले प्रतिफल नै दिने देखिन्छ । वर्षमा मुश्किलले २०० जना पुग्ने गरेका छन् । त्यो भ्यूटावरको लागत खर्चले पहिले त्यहा सम्म पुग्न सजिलो हुने गरि सिडिहरु, बाटोमा विश्रामस्थल, खानेपानीको व्यवस्थान आदि इत्यादि गरेको भए डाडामा भ्यूटावर नभए पनि आन्तरिक पर्यटकको गन्तव्य हुन सक्थ्यो तर विना उद्देश्य र विना योजना डाँडामा ७२ लाख रकम फोकटमा भ्यूटावर बनाएर खर्च गरियो ।


गौरवको आयोजना भनिएको साईकल जोनका लागि आर्थिक वर्ष ०७५/०७६ मा ५० लाख बजेट विनियोन गरेर वडा नंं ५ रतनचुराबाट साईकल लेन खन्ने काम भयो । तर विना योजना र उद्देश्य खनिएको त्यो लेनले बर्खामा वि.पि. राजमार्गमा लेदो झरेर राजमार्गलाई ग्राबेल बनाउने काम बाहेक केहि गरेन । अर्को वर्ष देखि साईकल जोन गौरवको आयोजना पनि भएन पालिकाको प्राथमिकतामा पनि परेन । पहिलो वर्ष गरिएको ५० लाख खर्च बालुवामा पानी भयो । पालिकाले गौरवको आयोजना मानेको सुनकोशी ¥याफ्टिङको नाममा आत्रय सिद्धगढी जेवी कन्ट्रक्सन सँग २ करोड २१ लाख ७४ हजार ६ सय ९७ रुपैयामा सम्झौता गरेर २ करोड २१ लाख ५२ हजार १ सय अन्ठाउन्न रुपैया भुक्तानी गरिएको छ तर यो रकमले कहा ¥याफ्टिङ सञ्चालन भयो पालिकाको कोहि जनतालाई थाहा छैन । यो रकम सिदै भ्रष्टचार गरिएको छ । यसको कुनैपनि उपलब्धी छैन ।

गौरवका तीनवटा आयोजनामा यति ठूलो रकम भ्रष्टाचार गरेका पलिका अध्यक्ष पुष्प कार्की यतिमा रोकिएका छ्रैनन् उनले आमन्त्रीत कृषि फार्म प्रा.लि. गोलन्जोर ५ का लागि ३३ लाख ४२ हजार ७ सय २० बजेट उलब्ध गराईएका छन् । तर त्यो कृषि फर्म कहा छ वडा नं. ५ का जनतालाई थाहा छैनन । त्यो फर्मको उद्देश्य के हो र के काम गर्ने पनि कसैलाई थाहा छैन ।

गोलन्जोर ३ ग्वाल्टारमा लिफ्ट सिंचाई भनेर शिव खिम्ती कन्ट्रक्सनलाई ८३ लाख ७० हजार ८ सय ७७ रुपैया भुक्तानी गरि सकिएको छ तर कुनैपनि लिफ्ट सिंचाई भने सञ्चालनमा आएका छैनन् । यि सबै भ्रष्टचारमा पालिका अध्यक्ष पुष्प कार्की नै जोडिएका छन् । यि ठूला आयोजना बाहेक सानातिना सडक मर्मत, स्तरोन्नती लगायतका नाममा लाखौ रकम सिदै चेक काट्न लगाएर हिनामिना गर्ने गरिएको छ । पालिका अध्यक्षले भने जसरी चेक नकाटेमा प्रमुख प्रशासकीय अधिकृत नै धम्क्याउने गरिएको छ । जसका कारण कुनैपनि प्रमुख प्रशासकीय अधिकृत १ वर्ष टिक्न सकेनन् । काम गर्दै नगरि, विल भपाई नै प्राप्त नभई चेक काट्न दवाव दिने गरेकाले नै प्रमुख प्रशासकीय अधिकृतहरु तीन महिना मै सरुवा भएर जाने गरेका छन् ।


जिल्लाका सबै पालिकाको आफ्नै भवन हुदा गोलन्जोर गाउँपालिका मात्रै भवन विहिन बन्न पुगेको छ । पालिकाको करोडौ रकम गौरवको आयोजना भनेर फोकटमा सक्दा पालिका अध्यक्ष कार्कीले आफ्नै प्रसासकीय भवन भने बनाउन सकेनन् यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ । कतिपय पलिाका हरुले त यो पाँच वर्षमा पालिका भवन, सबै वडामा वडा कार्यालय, स्वास्थ्य चौकी र केहि स्थानमा प्रहरी चौकीको समेत भवन निर्माण गर्न भ्याए तर गोलन्जोर गाउँपालिका विकासका दृष्टिले यसर पछि प¥यो कि त्यसको कुनैपनि तुलना हुन सक्दैन । तीस चालिस लाखमा गाडि किनेर पालिकाको आफ्नै गाडि चलाएको भए बरु फाईदा हुन्थ्यो होला तर गोलन्जोर गाउँपालिकामा भने गाडि किन्न पुग्ने रकम गाडि भाडा र त्यसको दोब्बर रकम इन्धन भनेर खर्च गरियो ।


गोलन्जोर गाउँपालिकामा यस्तै भ्रष्टचारलाई थप प्राथमिकता दिन पुरानै अनुहारलाई जिताउने कि नयाँ अनुहार ल्याउने त्यो फैसला अब गोलन्जोर कै जनताले गर्नु पर्ने छ । अझै पाँच वर्ष भ्रष्टचार खप्ने कि अब विकासको गतिमा लम्कीने विवेक पूर्वक निर्णय गरौं ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका