गाउँपालिका अध्यक्ष हुँदा, फूपुको नाति देखि कार्यकर्तालाई लाखौँ कृषि अनुदान



नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका कार्यकर्ता सम्मलाई विना आधार प्रमाण र उद्देश्य उपलब्धी विहिन लाखौँ रकम कृषि कृषि अनुदानको नाममा वितरण गरेको खुलेको छ ।


दोस्रो कार्यकाल अध्यक्षमा पुन दोहो¥याउन निर्वाचन अभियानमा रहेका कार्कीले अघिल्लो कार्यकालमा चरम भ्रष्टचार गरेको भन्दै यस्तो भ्रष्ट व्यक्ति पुन पालिका अध्यक्ष भएर आएमा गोलन्जोर अरु पाँच वर्ष पछाडि पर्ने भन्दै नेपाली कांग्रेसकै नेता कार्यकर्ता कार्कीको भ्रष्टचार पर्दाफास गर्न लागिपरेका छन् । कार्र्कीले गत स्थानीय तहको निर्वाचनमा लिएको ऋण तिर्नको लागि गोलन्जोर गाउँपालिका ५ खनियाँखर्कमा रहेका आफ्नै फूपूका छोरा रविन थापा लाई आमान्त्रीत कृषि फार्म प्रालिको नाममा लाखौँ रकम अनुदान दिएको खुलेको हो ।


विपी राजमार्गको बाटो भएर गाडीमा यात्रा गर्ने हरेक यात्रुरुको आँखामा आमन्त्रित कृषि फार्म प्रालि लेखिएको होर्डिङ्ग बोर्ड ठोकिन्छ । पशुपालन र दुग्ध उत्पादन लागि गाउँपालिकाले उक्त फार्म लाई ३३ लाख ४२ हजार ७ सय २० रुपैँया भुक्तानी दिएको छ ।


अहिले फार्ममा न त गाईर भैसी छन् । नत दुध संकल केन्द्र नै रहेको छ । छ त केवल बाँझो जमिन र खाली गोठ र बाख्राको खोर मात्रै । तर, गाउँपालिकामा बुझाएको काम सम्पन्ता प्रतिवेदनमा अन्यत्रबाट गाई र बाख्रा भाडामा ल्याएर केहि बेरका लागि बाँधी फोटो खिचेर बुझाएको स्थानीयहरुले बताए । गाउँपालिकाको हरेक योजनाहरुको अनुगमन गर्ने क्षेत्राधिकार उपाध्यक्षको भएपनि आमान्त्रीत फार्ममा अध्यक्ष पुष्प कार्की आफैले अनुगमन गरेर अनुदानको सिफारिस गरेका थिए ।

अध्यक्ष कार्कीले कुन फर्मको कहिले र कहाँ अनुगमन गरे ? पालिकामा बुझाईएको फोटोमा भएका गाई भैसि अहिले बोर्ड राखिएको ठाउँमा किन नभएका ? ति गाई भैसि कहाँ गए ? बाख्राको खोर किन खालि ? त्यहा भएका अनुदानका बाख्रा खोइ ? अहिले आम सर्बसाधारणले प्रश्न गरिरहेका छन् । न त फर्म सञ्चालक सँग एसको उत्तर छ न अनुगमन गर्ने पालिका अध्यक्ष संग वा चेक काटेर दिने पालिकाका कर्मचारी कोहि सँग पनि एसको उत्तर छैन ।


त्यसैगरी काग्रेस कार्यकर्ता रबिन्द्र श्रेष्ठलाई खुशी बनाउको लागि गोलन्जोर–६ बलेनीमा सुनकोसी माछापालनका नाममा ५ लाख भुक्तानी दिएका दिईएको छ तर माछापालनको कुरा परको विषय हो, श्रेष्ठले भनिएको ठाउँमा पोखरी समेत बनाएका छैनन् । पाँच लाख रुपैया फोकटमा लगानी भएको छ । श्रेष्ठले पालिकालाई ठगेको भए उनिसँग रकम फिर्ता माग्न प्रक्रिया अगाडि बढाउनु पर्ने हो त्यो पनि भएको छैन ।

यसको अर्थ काम नै नगरि दिएको पाँच लाख पालिका अध्यक्षले भागबण्डा नै गरेको त होला नि नेपाली कांग्रेसकै नेता कार्यकर्ताहरु आशंका व्यक्त गर्छन । तर अध्यष पुष्प कार्कीलाई यस्तै कामले फाईदा भएको छ । काम नै नगरि भुक्तानी दिईएका नातागोता, आफन्त, पार्टीका कार्यकर्ता अहिले उनलाई चुनाव जिताउन चुनावि अभियानमा मात्रै होइन परेको रकम सहयोग गर्न पनि पछि परेका छैनन् । उनले जिते भने फेरिपनि गाई बाख्रा नपाली लाखौ पाईन्छ, पोखरी नखनी बजेट पाईन्छ । काम गर्नु पर्दैन भुक्तानी पाईन्छ ।
गोलन्जोरबासिले अव सिमित व्यक्तिले लाखौ रकम बुझ्ने र काम नगर्ने आयोजनामा बजेट विनियोजन गर्ने व्यक्तिलाई पालिका अध्यक्ष जिताएर अझै गाउँको विकासलाई पछाडि नै धकेल्ने कि नयाँ इमान्दार व्यक्तिलाई चुनाव जिताउने पहिचान गर्ने समय आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स