
सिन्धुली । सर्वोच्च अदालतको फैसलापछि सत्तारूढ नेकपा साबिक एमाले र माओवादी केन्द्रमा अलग भएपछि केन्द्रीय तह देखि जिल्ला स्तर हुदै नेकपा एमाले ले पालिका स्तरमा आफ्नो पाटी कार्यालय बिस्तारमा जोड दिएको छ ।
सोहि अभियान अनुसार सोमबार एमाले ले सुनकोसी गाउँपालिका ५ रामटारमा आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको छ ।
संबिधान सभा सदस्य एवम् नेकपा एमालेका केन्द्रिय सदस्य विशमलाल अधिकारी ले पार्टी कार्यालयको उद्घाटन गरेका हुन ।
कार्यालय उद्घाटनमा नेपकपा एमालेका केन्द्रिय सदस्य उमा कोइराला, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, बाग्मती प्रदेश सभा सदस्य बिनोद खड्का सहित प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।