
सिन्धुलीमाढी । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति सिन्धुलीले स्थापना दिवसको अवसरमा रक्तदान रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सङ्गठनको ३१ औ स्थापना दिवसको अवसरमा मङ्गलवार सिन्धुलीमाढीमा रक्तदान कार्यक्रम गरेको हो ।
निजामती कर्मचारी सहित २३ जना ले रक्तदान गरेको निजामती कर्मचारी सङ्गठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहाल ले जानकारी दिए ।
रक्तदान गरेको उक्त रगत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको ब्लड बैङ्कमा जम्मा हुने छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौला सहित सिन्धुली अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रलाद पोखरेल कर्मचारी युनियन सिन्धुली अध्यक्ष सूर्य घिमिरे, राष्ट्रिय कर्मचारी सङ्घका अध्यक्ष राजकुमार गोले र कर्मचारी हरुको आधिकारी ट्रेड युनियन सिन्धुलीका अध्यक्ष तिलक कार्की लगाएत निजामती कर्मचारीको उपस्थिति रहेको थियो ।
नेपाल निजामती कर्मचारी सङ्गठनले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्य गदै आएको छ ।