भिमानमा चुनावी माहोल बढाउदै चौलागाई



डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२ भिमानको वडा अध्यक्ष भए र अहिले नाती राजु चौलागाई विस्तारित कमलामाई नगरपालिका ९ भिमानको वडा अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । गत निर्वाचनमा अन्त्यन्तै झिनो ४ मतको जित निकालेको एमाले अहिले पञ्चायत काल देखि राजनीतिमा चर्चित चौलागाई परिवारको सदस्यलाई उम्मेदबार बनाएर फराकीलो मत अन्तरले चुनाव जित्ने तयारीमा छ ।
हजुर बुवा पञ्चायतकालमा उप–प्रधानपञ्च हुँदा होस् वा वुवा २०५४ सालमा वडा अध्यक्ष हुँदा वा अहिले राजु आफै राजनीतिमा सक्रिय भईराख्दा चौलागाई परिवारले भिमानका जनताको सेवामा कुनैपनि कसर बाँकी राखेनन् । जनताको सुख दुःख पिर मर्का, नागरिकता पासपोर्ट लगायतका प्रशासनीक काममा झमेला पर्दा सर्वसाधारणले राजनीतिक भेदभाव विना चौलागाईहरुको सहयोग पाए । जनतालाई अप्ठ्यारो पर्दा तत्कालै जिल्ला प्रशासन, प्रहरी चौकी, आराम विराममा एम्बुलेन्सको व्यवस्थापन, स्वास्थ्यचौकी र अस्पताल धाउन उनिहरुले न त दिन भने न रात भनेर गाह्रो नै माने । भिमान क्षेत्रको पुराना वस्तीहरु सुके खोला, चुरे, इनारपानी लगायतका ठाउँमा वस्ती बसाल्ने काम चौगालाईहरुले नै गरे ।
पञ्च हजुरबुवाका नाती राजु चौलागाई विगतमा कांग्रेस थिए । उनले २०७४ को स्थानीय तह निर्वाचन कांग्रेसबाट नै वडा सदस्यमा चुनाव लडेका थिए तर पराजय बेहोर्नु प¥यो । कांग्रेसबाट चुनाव लडेपनि चौलागाई विस्तारै एमाले अध्यक्ष के.पि. ओलिबाट प्रभावित भए, देश विकासको शिलशिलामा ओलिले देखाएका सपना र बाटो उनलाई मन प¥यो आफ्नो स्वभाव नै एमालेको निति शिद्धान्तसँग मिलेको महसुस भएपछि उनि एमाले प्रवेश गरे । अहिले उनलाई एमालले कमलामाई नगरपालिका ९ भिमानको वडा अध्यक्षको टिकट दिएको छ । हजुरवुवा, बुवाले गरेका राम्रा काम र आफूले राजनीतिमा लागेर जनतालाई गरेको सेवाको आधारमा चौलागाई अहिले भिमानमा दैनिक दूई तीन सय बढिको ¥यालि सहित जनताको घर दैलोमा भोट माग्न हिडिरहेका छन् । उनले बैशाख १२ गते वडा अध्यक्षमा उम्मेदबारी दर्ता गराए देखि यता करिव २ सय लाई एमालेमा प्रवेश गराईसके । ति मध्य अधिकांश नेपाली कांग्रेस छन् । भिमानमा उनको मुख्य प्रतिस्पर्धा कांग्रेस सँग नै हो । माओवादीले त त्यहा उम्मेदबारी नै दिन सकेन । भन्नका लागि गठबन्धनलाई सहयोग गरेर कांग्रेसलाई छोडेको भने पनि अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीबाट वडा अध्यक्ष लडेका शुरेश गुरुङले १९२ मत मात्र ल्याएका थिए । जवकी एमालेका देवराज पौडेलले ९७० मत प्राप्त गरेका थिए । पछिल्लो पाँच वर्षमा माओवादीहरु त लगभग सकि सकेका छन् । उनिहरुले कांग्रेसलाई सहयोग गरे पनि मतमा खासै फरक पर्नेवाला छैन । हिजो कांग्रेसमा बसेर काम गरेका कारण उनिमाथि कांग्रेसको सत्भाव छ । उनका कतिपय साथिहरु पार्टी प्रवेश गरेर एमालेमा आईसके भने कति कांग्रेसमै बसेर सहयोग गर्न बचनबद्ध छन् । हजुरबुवाका पुराना साथिहरु तत्कालिन उप प्रधानको नाती भनेर माया गर्छन, केहि राप्रपाहरु पनि छन् तिनिहरुले पनि राजुलाई नै मत दिने बाचा गरेका छन् । चौलागाईको चुनाव प्रचार शैली र जनता सँग प्रस्तुत हुने कलाका कारण एमालेबाट मेयरका उम्मेदबार महेन्द्रदेव श्रेष्ठ पनि उत्साहित छन् । उप मेयर मञ्जु देवकोटाको घर पनि वडा नं. ९ भिमान नै हो । भिमानको ठूलो मत चौलागाईंको मेहनत वडा अध्यक्ष जित्नका लागि मात्र होइन एमालेले कमलामाई नगरको मेयर उपमेयर दुवै पद जित्नका लागि समेत महत्वपूर्ण हुने देखिन्छ । अघिल्लो निर्वाचनमा प्रतिस्पर्धी सरह मत आएको वडा नं. ९ मा यो पटक मेयर उपमेयरले सोचे भन्दा बढि मत पाउने बातावरण निर्माण भएको छ । यसको अगुवाई वडा अध्यक्षका उम्मेदवार राजु चौलागाईले गरेका छन् । त्यो लहर दैनिक बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स