
सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।
स्थानीय तहको गत वैशाख ३० गते भएको निर्वाचनमा विजयी भए संगै आज पद बहाली गर्दै बरालले गाउँपालिका सल्लाहकार समिती गठन गर्ने निर्णय गरेका हुन्।
गाउँपालिका भित्र रहेका साविक गाउँ विकास समिती तथा २०४६ साल पछि जनप्रतिनिधीहरुको सहभागितामा समृद्ध गोलन्जोर निर्माणको लागि सल्लाह सुझाव र अनुभव आदन प्रदानमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ गाउँपालिका सल्लाहकार समिति बनाउने निर्णय गरेको बरालले बताए ।
त्यसैगरी पद बहाली संगै अध्यक्ष बरालले, गोलन्जोरमा गाउँपालिका स्तरिय ५० शैयाको अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको लागि पहल गर्ने निर्णय गरेको छ।