
सिन्धुली । वन्यजन्तुको अवैध सिकार गर्ने ७ जना सिकारी पक्राउ परेका छन् ।
सब डिभिजन वन कार्यालय रानी बासको टोली ले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सिकारीहरूको साथ बाट तीन थान जाली, ३ किलो हरिण र दुम्सीको मासु सहित जङ्गल बाट पक्राउ गरिएको डिभिजन वन कार्यालय सिन्धुलीका सहायक वन अधिकृत संघर्ष सक्षम मिश्र ले जानकारी दिए ।
उनका अनुसार अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको र पक्राउ परेकाहरूको साथबाट जफत भएको मासुलाई विधि विज्ञान प्रयोगशाला काठमाडौँमा परीक्षणको लागी पठाइने छ ।