
रामेछापको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बोहरा लाई एक वर्षको कैद सजाय हुने भएको छ।
काठमाण्डाै जिल्ला अदालतका न्याधिश रामचन्द्र पौडेलको इजलासले बिहीबार गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल र वडा अध्यक्ष सुवास बोहरा दुवै लाई एक वर्ष कैद र १० हजार नगद जरिवानाको फैसला गरेको हो ।
गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई सोही पालिका निवासी मिलन भनिने लोप्साङ लामा र अमृत तामाङले भने जति चन्दा नदिए ज्यान मार्ने धम्की दिएर २ करोड मागेको घटनामा पालिका उपाध्यक्ष दाहाल र वडाका अध्यक्ष बोहराको संलग्नता रहेको आरोपको थियो।
अदालत ले मिलन भनिने लोप्साङ लामा लाई ६ वर्ष कैद र ६० हजार नगद र अमृत तामाङ लाई ३ वर्ष कैद र ३० हजार नगद जरिवानाको फैसला गरेको छ ।