
सिन्धुली। अवैध खरिद बिक्री गरेका गोरु,सुँगुर र इँटा प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोट बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिहीबार अवैध गोरु,सुँगुर र इँटा बरामद गरेका हो ।
बर्दिबासबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश २०३००१ च १५८९ नम्बरको पिकअप भ्यान चेकजाँच गर्दा ५ वटा सुँगुर बरामद गरेका थियो ।
त्यसै गरी सुनकोसीबाट महोत्तरी हिँडेको वानटेष्ट गाडी बाट ४ वटा गोरु बतरमद गरेका हो । भने भक्तपुरबाट खोटाङ जाँदै गरेको ना ८ ख ३३०५ नम्बरको कन्टेनरमा कागजपत्र विनाको इँटा बरामद गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज लामाले जानकारी दिए ।
सुगर र गोरु सिइतको गाडी कार वाहीको लागि भेटेरिनरी कार्यालय सिन्धुली र इँटा लोड कन्टेनर भ्यान आन्तरिक राजस्व कार्यालय जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ ।