
सिन्धुली । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बडेसँगै सिन्धुलीमा पनि परीक्षणको क्रममा वडा नम्बर १ का एक व्यक्ती मा कोरोना पोजेटिभ पुष्टि भएपछि दुधाैली नगरपालिकाले एक साताको लागि तीन वटा वडाहरू लक डाउन गरेको छ।
नगरपालिकाले १,२ र ४ नं वडा लाई वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गरिएको हो।
दुधौली नगरपालिका को विपत् व्यवस्थापन समितिको बैठकले वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गर्ने निर्णय गरेको थियो । वडा नम्बर १,२ र ४ (डकाहा बजार) क्षेत्रको अति आवश्यक सेवा (एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसल बाहेक) शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरू, वडा कार्यालय (वडा नम्बर ४ बाहेक) बजार, होटेल, यातायातका सेवा र अन्य व्यवसायहरू पनि बन्द रहने छ ।
साथै दुधौली नगरपालिका क्षेत्र भित्र गरिने वैवाहिक कार्यक्रम, सभा सम्मेलन, गोष्ठी सङ्घसंस्थाका कार्यक्रममा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार २५ जना भन्दा बढी मानिसहरू सहभागी हुन पाउने छैनन् ।