एमाले बैठक बस्दै, माधव पक्षमाथि थप कारबाही होला ?



आन्तरिक विवादले पार्टी विभाजनसम्मको जोखिम बढिरहेको समयमा सत्तारुढ नेकपा एमालेको दसौँ महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ ।


बिहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक वैशाख ६ गतेकै निरन्तरता हो ।


अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधव पक्षीय नेताहरू प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

र सम्म सबै नेताहरूले स्पष्टीकरण बुझाइसकेका छन् । उनीहरूको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।


यसबिचमा आन्तरिक विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच बुधवार र बिहीबार गरी दुईपल्ट बार्ता भएको थियो । वार्ताबाट सकारात्मक परिणाम नआएको माधव पक्षको भनाई छ ।

आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ । केन्द्रीय सदस्यहरूको कार्य विभाजनका लागि सङ्गठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर