भूकम्पपछिका ६ वर्षमा साढे ७ हजार विद्यालय पुनः निर्माण



सरकारले यही आर्थिक वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनः निर्माणको काम सम्पन्न गर्ने भएको छ ।
शिक्षा पत्रकार सञ्जाल, नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पुनः निर्माण भइसकेको र बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनः निर्माण गरिने जानकारी दिए ।


आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार ५५३ विद्यालयको पुनः निर्माण विसं २०७२ बाटै गर्न थालेको हो । विसं २०७२ वैशाख १२ को भूकम्पले अति प्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षा कोठामा क्षति पुगेको थियो । क्षति भएकामध्ये एक हजार ५१९ विद्यालयको पुनः निर्माणको काम हुन नसकेको उनले जानकारी दिए । जग्गा विवाद, पुरातत्त्वको कारणले ती विद्यालयको पुनः निर्माण हुन नसकेको हो ।


अहिलेसम्म सात हजार ५५३ विद्यालयका ४८ हजार ७११ कोठामध्ये ३५ हजार ५८ कोठा सम्पन्न र १३ हजार ६५३ कोठा अन्तिम चरणमा रहेका छन् । यस्तै पाँच हजार ३६ शौचालयमध्ये दुई हजार ७०७ सम्पन्न र दुई हजार ३२९ निर्माणाधीन रहेका छन् । यस्तै एक हजार ७०१ खानेपानी मध्ये २१६ सम्पन्न र एक हजार ४८५ निर्माणाधीन छन् । क्षति भएकामध्ये ३२७ वटा विद्यालय अर्को विद्यालयमा गाभिएको र १५३ विद्यालय सञ्चालनमा छैनन् ।


एकाइका आयोजना निर्देशक सापकोटाले दातृ निकायबाट अनुमान गरिए जति प्राप्त नभएकोले रकम अभावको समस्या रहेको भन्दै अबदेखि भूकम्पले क्षतिग्रस्त भएका त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र प्राविधिक शिक्षालयको पुनः निर्माण कार्य थालिने बताए ।


विद्यालय भवन पुनः निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख खर्च भइसकेको छ । चालू आवका लागि १८ अर्ब ६० करोड ३४ लाख विनियोजन गरिएको छ । एकाइका आयोजना उपनिर्देशक डा युवराज पौडेलले बजेट अभावले सबै विद्यालयको पुन निर्माण गर्न नसकिएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका