
सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुरमा मोटर साइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भिमान बाट दुधौली नगरपालिका डकाहा जाँदै गरेको प्रदेश न २-०१-००१ प २१६३ को मोटर साइकल ढोलिखोला नजिक सडकको ग्राभेलमा चिप्लिएर अपराह्न ४ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटर साइकलमा सवार ३ जना मध्य २ जना घटना स्थलमै मृत्यु भएको र १ जना सिन्धुली अस्पतालमा उपचार को क्रममा मृत्यु भएको डिएसपी मनोज लामाले जानकारी दिए ।
डिएसपी लामाका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका ४ डकाहा बस्ने २७ वर्षीय प्रहरी जवान समेत रहेका सवारी चालक यम कुमार दनुवार साेही स्थानका १३ बर्षका आषिश कुमर र वर्ष १० का आदित कुमर दनुवार काे सिन्धुली अस्पतालमा उपचार को क्रममा मृत्यु भएको हो ।
मृतक सबै को शाव पोष्टमार्टम को लागि सिन्धुली अस्पताल ल्याएको छ ।