
सिन्धुली । नेपाल पत्रकार महासंघको अध्यक्षमा कृष्णहरि घिमिरे विजयी भएका छन् ।
प्रेस चौतारीबाट उम्मेदवार बनेका घिमिरेले प्रेस युनियन तथा प्रेस संगठनका उम्मेदवार मीनकुमार दाहाललाई १२ मतले पराजित गरेका हुन् । घिमिरेले ४४ मत पाए भने उनका प्रतिद्वन्दी दाहालले ३२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, उपाध्यक्षमा टिकाजंग थापा, महिला उपाध्यक्षमा सरला सुनुवार, सचिवमा पुष्कर थापा, सहसचिवमा ध्रुवचन्द्र खड्का र कृन्जला पुलामी र कोषाध्यक्षमा अनिल भण्डारी निर्वाचित भएका छन् ।
त्यसैगरी, महिला सदस्यमा शर्मिला खड्का, आदिबासी जनजाति सदस्यमा कल्पना भुजेल, खुल्ला सदस्यमा सौगात रायमाझी, प्रेमनाथ मैनाली, गिता घिमिरे, रोहित कुमार गुरुङ, संगीता डिम्दोङ, बिमा लुंगेली, बलबहादुर विक निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद सदस्य (महिला)मा राधिका बुढाथोकी, केन्द्रीय परिषद सदस्यमा संजय कुमार दाहाल र श्यामहरि अधिकारी विजयी भएका छन् ।