
सिन्धुली सदरमुकामको मध्य बजारको बिच सडकमा निर्माण सामाग्री थुपारेर निर्माण कार्य गर्दा सर्वसाधारण देखि व्यावसायीहरु सास्ती व्यहोर्न बाध्य बनेका छन् ।
व्यक्तिगत आवास वा अन्य कुनै निकायले निर्माणको कार्य गरेको भए निर्माण सामाग्री फाल्ने देखि उठाएर लैजाने सम्म गर्ने नगरपालिकाले आफूले लगाएको ठेक्काको काम भएकाले सडकको करिब दुई तिहाइ भाग ओगटेर निर्माण सामाग्री देखि माटो समेत थुपारेको छ ।
यसबाट आम नगर बासी धुलो र सास्ती खेप्न बाध्य बनेका छन् । निर्माण सामाग्री थुपारेको स्थानबाट कमलामाई नगरपालिका नगर प्रमुख देखि नगर प्रहरी समेत दैनिक रूपमा ओहोर दोहोर गर्ने गरेको भए पनि उत्त कार्य आँखा चिम्लने गरेका छन् ।
नगरपालिकाले घर धनिहरु बिच सहमति नै नगरी एक बर्स भन्दा अगाडि बाटो बिस्तार गर्न भनी भत्काइएको सिन्धुली गैरी बजार अहिले धुलो को भुमरी परेको छ । ठेकदार ले नाला बनाउन खनेको माटो र निर्माण सामाग्री ले सडक आधा ढाकेको छ , तर नगरपालिकाले आँखा चिम्लिएर बसेको छ ।
सर्वसाधारणले घर बनाउन एक टिप बालुवा झार्दा हटाउन चेतावनी दिने नगर प्रहरी करिब ५० मिटर बाटो अवरुद्ध हुँदा मृत छ की जीवित भन्ने प्रश्न अहिले बजार निवासीले गर्ने थालेका छन् ।
धुलोका कारण कपडा व्यवसायी ले पसल मा बेच्न झुन्डाएका कपडा सबै धुनु पर्ने भई सकेको व्यावसायीहरुले बताएका छन् । अन्य व्यावसायीहरु पनि पसलमा भएका सामाग्री धुलो मैलो भएको भन्दै चिन्तामा परेका छन् ।