
सिन्धुली । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बडेसँगै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सिन्धुलीको बैशाख ८ गतेको बैठकले जिल्ला भित्रका पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, र हाटबजार मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
तर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सूचना लाई बेवास्ता गरेर सिन्धुलीमाढी हाट बजार संचालक समितिले शनिबारे हाट लगाएको छ ।
प्रशासनको सूचनामा भौतिक रूपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा पच्चीस जना भन्दा बढी सहभागी गर्न नपाइने जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भनिएको थियो ।
तर हाट बजारमा न सामाजिक दुरी कायम थियो त न हाट बजारमा आउनेहरूले मास्क नै लगाएका थिए । प्रशासनले कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा दश रुपैंया लिई मास्क उपलब्ध गराउनु पर्नेछ भनेको थियो ।
हामीले यस विषयमा बुझ्न हाटबजार संचालक समितिको कार्यालयमा पुगेका थियौँ । कार्यालय पुग्दा न कार्यालय खोलिएको थियो न त त्यहाँ कुनै कर्मचारी नै थिए । हामीले संचालक समिति अध्यक्ष बद्री कार्की सँग यस बारेमा बुझ्न सम्पर्क गरेको थियौँ तर उनेकाे फोन अफ गरिएकाले थियो ।
यता गाेलन्जाेर गाउँपालिकाले कोरोना भाइरस लाई मध्यनजर गर्दै यस अघि नै पालिका भित्र लाग्ने साप्ताहिक हाटबजार बन्द गरी सकेको थियो।