
सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र फिक्कल गाउँपालिका अध्यक्षमा लोकेन्द्र कार्की चयन भएका छन् ।
माओवादी केन्द्र को गाउँपालिका स्तरीय सो भेलाले लोकेन्द्र कार्की लाई चयन गरेको हो ।
कार्की मोहन किरण नेतृत्वको माओवादी पार्टी परित्याग गरी आजै मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
त्यसै गरी सचिवमा शुक्रबहादुर सुनुवार सचिव रहेका चयन भएका छन् भने ७१ सदस्यीय गाउँ कमिटी गठन गरेका छ।
यता मुरारी भण्डारी इन्चार्ज र शिव प्रसाद भण्डारी सह इन्चार्ज बनेको छन् ।
त्यसै गरी भेलाले छवि काफ्लेको नेतृत्वमा ३५ सदस्यीय योंग कम्युनिस्ट लिग (वाईसिएल ) गठन गरेको छ ।
कार्यक्रममा नेकपा माओवादी ( ) को पार्टी परित्याग गरी दर्जनौँ माओवादी केन्द्रमा प्रवेश गरेका थिए।