
सिन्धुली । देशभर कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै सिन्धुली कारागारमा कैदी बन्दी भेटघाटमा रोक लगाइएको छ ।
सोमबार देखि लागु हुने गरी कारागारमा बाहिरबाट कैदी बन्दी भेट्न आउने कैदी बन्दीका आफन्त, परिवारजन लगायत लाई भेटघाट बन्द लाई भेटघाटमा रोक लगाएको हो ।
सङ्क्रमणको जोखिम कम गर्नका लागि कैदी बन्दी भेटघाटमा रोक लगाएको कारागार कार्यालय सिन्धुलीले जनाएको छ ।
कारागार व्यवस्था विभागको निर्देशन अनुसार बाह्य भेटघाट अनिश्चित समयमा लागि बन्द गरिएको कारागार कार्यालय सिन्धुलीले सूचना जारी गरी जनाएको छ ।