
सिन्धुली । सिचाई र खानेपानीको लागि योग्य ठाउँ भएता पनि दुधौली नगरपालिका कतिपय ठाउँहरु विगत लामो समय देखि खडेरीका कारण खानेपानीको हाहाकार बढ्दै गएको छ ।
खानेपानी इनार र पाईप लाईनमा आएका खानेपानीको मुहान नै सुकेका कारण दुधौली नगरपालिकाका वडा नं. ७,८,९र १० भित्री बस्ती तथा विद्यालयमा पानीको हाहाकार बन्दै गएको हो ।
सरकारले आधारभूत तहका विद्यालयमा (१–५) का विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्थापन गर्दे आएको छ ।
विद्यालयमै खाजा व्यवस्थापन भएको हुँदा यसका लागि खानेपानी नहुँदा बालबालिकाहरू पढाई छाडेर गाउँमा पानी खोज्न जान बाध्य भएका छन् ।
पानी खोज्नैका लागि बालबालिकाले पढाई छाडेर दिन बिताउने गरेको तथ्य सार्वजनिक भएको छ । यस्ता समस्या विद्यालयमा मात्र नभई बस्तीमा समेत प्रत्यक्ष प्रभाव परेको छ । बिहानको काम छाडेर पनि खानेपानीको लागि महिलाहरू लागि पर्ने गरेका छन् ।
बस्तीमा खानेपानी मा इनार निर्माण गरिएका छन् । तर इनार मा धेरै ठाउँमा पर्याप्त पानी आएको छैन । सरकारको लगानी खासै प्रयोग आएको छैन ।