सामुहिक सरोकार समाज सिन्धुलीद्वारा एकै दिन दुई विद्यालय हस्तान्तरण [फाेटाे फिचर]



सिन्धुली । सामुहिक सरोकार समाज सिन्धुली ले कमलामाई नगरपालिका का दुई विद्यालय हस्तान्तरण गरेको छ ।

कमलामाई नगरपालिका १४ चन्दनपुरमा हरेको कमला आधारभूत विद्यालय र वडा नं ७ रामपुर मा रहेको जनचाहना आधारभूत विद्यालय को नयाँ भवन हस्तान्तरण गरेको हो ।

भूकम्प पछिको उद्धार कार्यक्रम अन्तरगत हिमालयन क्वईष्ट फाउन्डेसन को सहयोग कमलामाई नगरपालिका को समन्वयमा सामुहिक सरोकार समाज सिन्धुली ले निर्माण गरेको कमला आधारभूत विद्यालय चन्दनपुरको दुई कोठे र जनचाहना  आधारभूत विद्यालय रामपुरको तीन कोठे भवन सोमबार एक कार्यक्रम को बिच कमलामाई नगरपालिका का मेयर खड्ग खत्रीले उद्घाटन गरेका हुन ।

उनले नगरपालिका को शिक्षा क्षेत्रमा भौतिक संरचना निर्माण गरेर महत्त्वपूर्ण सहयोग गरेको बताए । साथै नगरपालिका ले शिक्षा क्षेत्र लाई महत्त्वको साथ प्राथमिकता मा राखेर काम गरेको जिकिर गरे । हरेक विद्यालय हरुवा पूर्वाधार सुविधा युक्त बनाउने जानकारी दिए । दुई विद्यालय को लागि आवश्यक शौचालय , खेलमैदान , घेरा बेरा र खानेपानीको प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएका छन् ।

त्यसै गरी हिमालयन क्वाइट्स फाउन्डेसन का कार्यक्रम संयोजक हरि भुसाल ले छोटो समय मानै विद्यालय निर्माण गरेर हस्तान्तरण गर्न सफल भएकोमा नगरपालिका  साझेदार संस्था सामुहिक सरोकार समाज सिन्धुली लाई धन्यवाद व्यक्त गर्नुभयो ।

यता सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडी ले साथ सहयोग गर्ने हिमालयन क्वाइट्स फाउन्डेसन  कमलामाई नगरपालिका , विद्यालय व्यवस्थापन समिति र अभिभावक हरू लाई धन्यवाद दिए । उनले सिन्धुलीको हालसम्म ४७ विद्यालय निर्माण सम्पन्न गरेको बताए ।  

सामुहिक सरोकार समाज सिन्धुलीले नाजुक अवस्थामा रहेको हाम्रो विद्यालयमा  नयाँ भवन निर्माण भएको खुसी व्यक्त गर्दै स्थानीय भीम बहादुर जोगी ले भने आउँदो दिनहरूमा पनि सहयोग हरू पाउने आसमा रहेका छौँ । अहिले बालबालिका अध्यनकाे लागि धेरै राम्रो भएको छ ।

यता जनचाहाना आधारभूत विद्यालयकी प्रधानाध्यापक जाेत्सना श्रेष्ठ पहिले खेल मैदान थिएन । पठनपाठनको लागि कक्षाकोठा को अभाव तियो । नयाँ विद्यालय भवन बने पछि अध्ययन अध्यापनमा सहज भएको बताउँछिन् ।

त्यसै गरी कमला आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम चाैलागाइ ले पहिले कक्षाकोठाको अभावले एउटै कक्षामा बहु कक्षा शिक्षण गर्नुपर्ने तियो तर अहिले हिमालयन क्वईष्ट फाउन्डेसन र सामुहिक सरोकार समाज सिन्धुलीले नयाँ विद्यालय भवन निर्माण गरिदिए पछि पठनपाठनमा सहज भएको बताउँछन् ।


 
कार्यक्रममा कमलामाई नगरपालिका का प्रवक्ता एवम् वडा न ७ क अध्यक्ष  कर्ण बहादुर घिसिङ , सामुहिक सरोकार समाज सिन्धुलीको सचिव रमिता मानन्धर  शिक्षक ,अभिभावक लगाएतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२