‘नस’ लिँदै नाक स्याकस्याक गरिदिऔँ भने कोरोना चट!



प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड- १९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्थासमेत आउनसक्ने बताए ।

उनले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने ओलीको दाबी छ ।

‘अलि तातोतातो पानी लिँदै ,नसु लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिए पछि चट १ नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गालगुल गरिदिऊँ, घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड परसेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही परसेन्ट सुरक्षित गर्ने हो केही परसेन्ट बाँकी रहन्छ त्यही केही परसेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’ ओलीले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर