
सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं १ बेलघारी को वडा कार्यालयको नव निर्मित भवनको उद्घाटन गरिएको छ ।
शान्ति तथा पुनः निर्माण मन्त्रालय स्थानीय शान्ति समिति सिन्धुली को १७ लाख र तीनपाटन गाउँपालिकाको ३० लाख लागतमा निर्माण सम्पन्न भएको हो ।
भवनको नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवालले उद्घाटन गरेका हुन ।
सोही अवसरमा वडा कार्यालय निर्माणको लागि जग्गा दान गर्नुहुने स्थानीय समाजसेवी बोधराज पौडेल दम्पती लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पौडेल दम्पती तत्कालीन बेलघारी गाउँ बिकास समितिको प्रशासनिक भवन बनाउन १ कठ्ठा जग्गा दान गरेका थिए ।
भवन उद्घाटनमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगर, उपाध्यक्ष पदममाया तामाङ, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष छत्र दाहाल, जग्गादाता नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर अध्यक्ष विष्णु प्रसाद फुयाँल लगाएतको उपस्थिति रहेको थियो ।