
नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सदस्य प्रदीप कुमार कटुवा ले चँदाह खोलाको कटान दीर्घकालीन नियन्त्रण गर्नु पहिलो प्राथमिकता रहेको बताएका छन् ।
बुधवार तीनपाटन गाउँपालिका वडा नं १ बेलघारीको कार्यालय भवन उद्घाटन समारोह लाई सम्बाेध गर्दै उनले सो कुरा बताएका हुन ।
कटुवाल ले भने भिमस्थान बेलघारी तीनपाटन क्षेत्रको अन्न भण्डार हो । तर चँदाह खोला को बर्षै देखि कटान गर्दा धेरै नै खेतीयोग्य जमिन बगाएको सकिने अवस्थामा पुगेको छ । अव पनि हामीले संरक्षण नगर्ने हो भने यस क्षेत्र पुरै बगरमा नै परिणत हुने निश्चित छ । त्यसैले हामी ले अब दीर्घकालीन रुपमा नियन्त्रण गर्नुपर्छ ।
उनले थपे हामीले विकासको नाममा खनेका मोटर बाटो हरूबाट बगेर आएको ढुंगा र माटो ले खोलाको सतह माथि उठेको छ । जसको फलस्वरूप खोला खेतीयोग्य जमिनमा पसेर कटान गरेको हो । त्यसैले अव को स्थानीय नेता र जनप्रतिनिधि भएको नाता ले मेरो ध्यान तीनपाटनको चँदाह कोरिडोर को विकास गरेर दुवै तर्फ खेतीयोग्य जमिनको संरक्षणमा हुने छ ।
चँदाह खोला नियन्त्रणको लागि स्थानीय सरकार प्रदेश सरकार र सङ्घीय सरकार लाई बजेट विनियोजन को लागि समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएका छन् ।