
सिन्धुली । तीनपाटन गाउँपालिका उपाध्यक्ष पदम माया तामाङ ले हर्षको दिनमा रहेको बताएकी छिन ।
उपाध्यक्ष तामाङ ले तीनपाटन गाउँपालिका १ बेलघारी वडा कार्यालय उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै बुधवार कुरा बताएकी हुन ।
साबिकको बेलघारी गाउँ विकास समिति भवन तत्कालीन माओवादीले जनयुद्धको समयमा जलाएकाले आफ्नै कार्यालय बिहिन भएको हालको तीनपाटन गाउँपालिका १ को प्रशासनिक भवन बनेको छ । त्यसैले आज हर्षको दिनमा रहेको उनको भनाई रहेको थियो ।
साथै उनले भनिन, “हामी तीनपाटन गाउँपलिका का जनताको सेवामा सधैं कटीबद्ध र प्रतिबद्धता सहित काम गर्ने छौँ । जग्गा दाता , स्थानीय जनाता विभिन्न सरकारी निकाय प्रति हार्दिक आभार व्यक्त गर्द्छु ।”