
मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिवपरिषद् पुनर्गठन गर्नुभएको छ ।
मन्त्रिवपरिषद् पुनर्गठनमा नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवाल राज्यमन्त्री बन्नु भएको छ ।
११ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको र रामेश्वर फूयाँलबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको स्रोतले जानकारी दिएको छ ।
मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेत हुनुहुनछ । त्यसैगरी राज्यमन्त्रीमा प्रदीप कटुवाल, डा रामकुमार अधिकारी, जुनेली श्रेष्ठ लगायतका रहनुभएको छ ।
स्रोतका अनुसार दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूको सपथ गराउनुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री र राज्यमन्त्रीमा नियुक्त सबैलाइ बिहान १० बजे नै हेटौँडा बोलाएको छ ।