
सिन्धुलीको कमलामाई नगरपालिका ८ करकरेमा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ ।
विद्युतकाे हाई टेन्सनको टावरमा चढेका बाँके जिल्ला नेपालगन्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो ।
विद्युत् बनाउन हाई टेन्सनको टावरमा चढेका विशाललाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले बताए ।
करेन्टले विशाललाई तारमा नै झुन्डाएको थियो । साथै उनी सँगै काम गर्ने सोही ठेगाना भएका २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको र तर उनको अवस्था भने सामान्य नै रहेको डिएसपी लामाले जानकारी दिए ।
मृतक विशालको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।