
विपन्न वर्गहरूको जीवन स्तर माथि उठाउन आय अर्जनका व्यवसायमा लाग्न प्रेरित गर्ने उद्देश्यले सिन्धुलीको दुधाैली नगरपालिका वडा नम्बर ४ र ५ का किसानहरू लाई बाख्रा तथा पाठा पाठी वितरण गरिएको छ ।
गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षको निर्धारित कार्यक्रम अनुसार दुधाैलीका ७ वटा समूहमा रहेका ९० जना विपन्न वर्ग लाई बाख्रा र पठा पाठी वितरण गरिएको हो ।
गरिबिको रेखामुनि रहेका नागरिकहरूको जीवन स्तर माथि उठाउन सहयोग पुर्याउने उद्देश्यले सरोकार वालाहरुको उपस्थितिमा बाख्रा वितरण गरिएको गरिब सँग विश्वेश्वर कार्यक्रमका जिल्ला समन्वय कर्ता सन्तोष घिमिरेले जानकारी दिए ।
समूहमा आबद्ध सबै सदस्यहरूलाई बिस्तारै बाख्रा पालन व्यवसाय तर्फ आकर्षित हुने विश्वास परियोजना ले लिएकाे छ ।