
कृष्ण पौड्याल
एक त्यागी अन्त प्रेम सार्ने बानी छैन मेरो। रहेको थोरै आत्मबल मार्ने बानी छैन मेरो॥
सके मद्दत गर्छ तर समस्या बढाउदिन। झूठो कल्पनामा सागर तार्ने बानी छैन मेरो॥
विश्वास छ असल ठान शंका भए छाडिदेऊ। फुल अनेकौं भैमरा झै चार्ने बानी छैन मेरो॥
जन्मनु मर्नु एक्लै हो तँछाड मछाड किन। सम्पत्ती समेट्न काँडा बार्ने बानी छैन मेरो॥
ढाँट्न छल्न लागे सबै साचो बोल्नु गल्ती होला। सत्यको नै जित हुन्छ हार्ने बानी छैन मेरो॥
कृष्ण पौड्याल बम्घा एक गत्मी