
कोरोना भाइरस को दोस्रो लहर आएसँगै सिन्धुलीमा पनि दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
कमलामाई नगरपालिका ६ शिव नगरमा रहेको कोरोना अस्पतालको प्रयोगशाला गरिएको परिक्षीणमा आज मात्रै जम्मा १७ जनालाई कोरोना पुष्टि भएको हो ।
बुधवार हिजो कोरोना परीक्षणको लागि ४७ जनाको स्वाब सङ्कलन गरिएको थियो । जसमध्ये १७ जनाको रिर्पोट पोजेटिभ आएको छ ।
कोरोना भाइरस सङ्क्रमण हुनेमा कमलामाई नगरपालिका वडा नं ३, ५ र ६ को ९ दुधौली नगरपालिका वडा नं १ मा ६ त्यसै गरी सुनकोसी गाउँपालिका वडा नं ५ मा १ र मरीण गाउँपालिका वडा नं ७ एक रहेका छन् ।
सिन्धुलीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ पुगेको सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटा ले जनकारी दिए ।