
जिल्ला सहकारी संघ सिन्धुलीले सहकारी संघ संस्थाहरूले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सहज वित्तीय सेवा प्रदान गर्न आग्रह गरेको छ ।
सिन्धुलीमा पनि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएका ले भौतिक दुरी कायम हुने गरी कार्यालय परिसरमा अनिवार्य हात धुने व्यवस्था मिलाउन संघले आग्रह गरेको हो ।
जिल्ला सहकारी संघ सिन्धुलीको २०७८ वैशाख १५ गते बसेको बैठकले सहकारी संस्थाका कर्मचारीहरूलाई आलोपालो नियम लगाई दुई समूहमा विभाजन गरी कार्य सम्पादन गर्न भनेको छ ।
त्यसै गरी भौतिक रूपमा गरिने बैठक तथा जमघटका कार्यहरूलाई न्यून बनाउँदै प्रविधि मैत्री बनाउन आग्रह गरेको छ ।
साथै कर्मचारीहरूलाई दैनिक कार्य सम्पादन गर्नका लागि मास्क, सेनिटाईजर ,पन्जा जस्ता सामग्रीको व्यवस्था गर्न समेत सहकारी संघ संस्थाहरू लाई आग्रह गरेको छ ।