
सिन्धुलीको कमलामाई नगरपालिका भित्र लाग्ने हाटबजार अनिश्चित काल को लागि बन्द गरेको छ ।
कोरोना भाइरस को दोस्रो लहर चलेर सिन्धुलीमा सङ्क्रमण फैलिँदै गएको हुनाले विकराल अवस्था लिन सक्ने भन्दै नगरपालिका ले हाटबजार बन्द गरेको हो ।
दिनहरूमा नगरभित्र पनि कोभिड १९ को सङ्क्रमित बिरामीहरूको सङ्ख्या बडेसँगै नगर पालिकाले अर्को सूचना नआएसम्मका लागि बन्द गरेका छ ।
नगरपालिका को माढी बजारमा शनिवारे हाट, भीमान र जरायटारमा साप्ताहिक हाट बजार लाग्दै आएको थियो ।