
नेकपा (माओवादी केन्द्र) सुनकोसी गाउँपालिका कमिटीले आगो लागिका पीडित परिवारहरूलाई सहयोग गरेको छ ।
शुक्रबार कार्यक्रमका बिच पार्टीले सुनकोसी गाउँपालिका वडा नं ५ र २ का अग्नि पीडितहरूलाई सहयोग गरेको हो ।
प्रति परिवार १४ थान जस्तापाता, १ बोरा चामल, २ लिटर तेल, नुनु २ किलो र दाल २ किलो ४ घर परिवार लाई वितरण गरेको माओवादी केन्द्र सुनकाेसी का अध्यक्ष दुधराज पुलामीले जानकारी दिए ।