
सिन्धुली प्रहरीले विवाह मण्डपबाटै दुला-दुलही लाई नै नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ केवरे बाट दुलहीको उमेर नपुग्दै बालविवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले दुला-दुलही लाई नै मण्डप बाटै नियन्त्रणमा लिएको हो ।
शुक्रवार उमेर नपुगेकी दुलही र मकवानपुर जिल्लाको बकैया गाउँपालिका –७ का दुलहा बिच हुन लागेको विवाह प्रहरीले रोकेको हो ।
दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द थपलियाले बताए ।
प्रहरीले बाल विवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ ।
एसपी थपलिया का अनुसार दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको थियो । किशोरीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी आएपछि विवाह स्थलमा पुगेर बुझ्दा बाल विवाह हुन लागेको पाइएपछि रोक्नु परेको उनले बताए ।
दुवै पक्षले केटीको उमेर नपुगी विवाह गर्दैनौ भनेर सहमति गरेपछि दुलहा र दुलही दुवैलाई अभिभावकको जिम्मा लगाएर पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।