
सिन्धुलीमाढी । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका की उपमेयर सृजना खड्का र सिन्धुलीको कमलामाई नगरपालिका की उपमेयर मञ्जु देवकोटा बिच भेटवार्ता भएको छ ।
शुक्रवार कमलामाई नगरपालिका को कार्यालय सिन्धुलीमाढीमा दुई उपमेयर बिच भेटवार्ता भएको हो ।
रामेछाप उपमेयर खड्कालाई कमलामाई नगरपालिका उपमेयर मञ्जु देवकोटाले स्वागत गरेकी थिइन ।
उक्त भेटवार्तामा दुई नगरपालिकामा भएका न्यायिक समिति ले गरेका काम र न्याय समिति लाई कसरी अझै प्रभावकारी बनाउन सकिन्छ बारेमा जानकारी आदान प्रदान भएको स्रोत ले बताएको छ ।