
कोरोना भाइरस को दोस्रो लहर आएसँगै सिन्धुलीमा आज २० सङ्क्रमित थपिएका छन ।
कमलामाई नगरपालिका ६ शिव नगरमा रहेको कोरोना अस्पतालको प्रयोगशाला गरिएको परिक्षीणमा आज मात्रै २० जना संक्रमित थपिएका हुन ।
कोरोना भाइरस सङ्क्रमण हुनेमा कमलामाई नगरपालिका वडा नं ६ ,४, ७ ,५ मा क्रमश ९ ,३ ,१,१ जना लाई पिसिआर पपरिक्षणमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ ।
त्यसैगरी दुधौली नगरपालिका वडा नं २ ,११, र ,४ मा क्रमश १, २ ,१ जना लाई संक्रमण पुष्टि भएकाे छ ।
यता तीनपाटन गाउँपालिका वडा नं २ मा १ र दैलेख घर भएका तर अहिले सिन्धुली बस्दै आएका १ जना लाई काेराेना पुष्टी भएकाे छ ।
सिन्धुलीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ पुगेको सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटा ले जनकारी दिए ।