
सिन्धुली । काेराेनाकाे सङ्क्रमण देखिए पछि तीनपाटन गाउँपालिका ले लंगुरखोला क्षेत्र एक साताकाे लागि सिल गरेको छ ।
गाउँपालिकाले हाल कोभिड १९ को नयाँ भेरिएण्टको सङ्क्रमण वडा नं ५ को लंगुरखोलामा अन्दाजी ७०/ ७५ वर्षका एक पुरुषमा देखिएकोले सो क्षेत्र एक साताकाे लागि सिल गरेको हो ।
लंगुरखोला क्षेत्रमा समेत कोरोना सङ्क्रमित बिरामी देखिएकोले सो को नियन्त्रण रोकथाम गरी समुदायमा सङ्क्रमण फैलिन नदिन उक्त वडाको लंगुरखोला क्षेत्रको अँधेरी मूलबाटोबाट सिसा बोटेसम्मको क्षेत्र भित्र ७ सात दिन सम्म आवतजावतमा बन्देज लगाइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी ले जानकारी दिए ।