
सिन्धुली । बिद्युत सर्ट हुँदा आगलागी भएर तीनपाटन गाउँपालिकामा एक घर जलेर नष्ट हुनुका साथै लाखौँ को क्षती भएको छ ।
गाउँपालिका १ बेलवारी स्थित नेपाले शिखरमा दिलबहादुर आले को घर बिद्युत सर्ट भएर आगलागी भएको हो ।
नेपाल बिद्युत प्राधिकरणको आफ्नै घरमा जोडेको बिजुलीको तार सर्ट भएर आगलागी हुँदा एउटा घर एउटा गोठ जल्नुका साथै गरगहना अन्नपात लत्ताकपडा पूर्णपुरमा क्षति भएको वडा अध्यक्ष गोविन्द राउत ले जानकारी दिए ।वडा अध्यक्ष राउतका अनुसार अनुमानित १३ लाख मुल्य बराबरको क्षती भएको छ ।
साथै आगलागी पीडित दिलबहादुर आले श्रीमती शारीरिक अपाङ्ग समेत रहेकी छिन ।